४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै

बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त

बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त
अ+ अ-

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री तथा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) की अध्यक्ष गीता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका कर्मचारीमाथि कारबाही सुरु गर्नुभएको छ।

सुशासन र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकता दिँदै नार्कका दुई कर्मचारीलाई सेवाबाट हटाउने निर्णय गरिएको हो।

मन्त्री चौधरीले दरबन्दी ओगटेर कार्यालयमा उपस्थित नभई जिम्मेवारी पूरा नगर्ने कर्मचारीविरुद्ध कानुनअनुसार कारबाही गरिएको बताउनुभयो। नार्कबाट सुरु गरिएको यो अभियान मन्त्रालयअन्तर्गतका विभाग, केन्द्र तथा अन्य निकायमा लामो समयदेखि बेपत्ता रहेका कर्मचारीसम्म विस्तार गरिने उहाँले जानकारी दिनुभयो।

कर्मचारी प्रशासन विनियमावली, २०६२ बमोजिम उनीहरूलाई अनुपस्थित रहेको मितिदेखि नै लागू हुने गरी सेवाबाट हटाइएको मन्त्री चौधरीले बताउनुभयो।

परिषद्ले सम्बन्धित कर्मचारीहरूको घर ठेगानामा पत्राचार गर्नुका साथै राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्दै सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको थियो। तर, तोकिएको अवधिमा पनि सम्पर्कमा नआएकाले कार्यकारी समितिको निर्णयअनुसार उनीहरूलाई सेवाबाट हटाइएको हो।

सेवाबाट हटाइएका कर्मचारीमा कृषि अनुसन्धान निर्देशनालय, तरहरा, सुनसरीमा कार्यरत प्राविधिक अधिकृत (छैटौं) पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र, खुमलटार, ललितपुरमा कार्यरत वैज्ञानिक एस–१ नमिता भट्टराई रहेका छन्।

मन्त्री चौधरीले मन्त्रालय मातहतका सबै निकायमा कर्मचारीको उपस्थिती, जिम्मेवारी निर्वाह र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन यस्ता कारबाहीलाई निरन्तरता दिइने स्पष्ट पार्नुभएको छ।