२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीको ६९औं अन्तर्राष्ट्रिय शतक



अ+ अ-

काठमाडौं । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले टेस्ट क्रिकेटमा २६ औं शतक प्रहार गरेका छन् । दक्षिण अफ्रिकाविरुद्ध शुक्रवार जारी खेलमा कोहलीले करिअरको २६ औं शतक पूरा गरेका हुन् ।

भारत र दक्षिण अफ्रिकाबीच तीन टेस्ट सिरिजको दोस्रो खेल पुणेको एमसीए स्टेडियममा जारी छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतीय टीमले ३ विकेट गुमाएर ३४७ रन बनाएको छ । कप्तान कोहलीले १०१ तथा अजिंक्य रहाणे ५२ रनका साथ क्रिजमा छन् ।

यसअघि मयंक अग्रवालले १९५ बलमा १०८ रन बनाएका थिए । त्यस्तै चेतेश्वर पुजाराले ५८ रन बनाए ।