२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीको स्वागतको तयारीमा कामपा



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका लागि विभिन्न स्थानमा सरसफाइ र स्वागतद्वार निर्माणको काम सम्पन्न गरेको छ ।

कामपा उपप्रमुख हरिप्रभा खड्गीले २३ वर्षपछि चीनका राष्ट्राध्यक्षबाट हुन लागेको नेपाल भ्रमणका लागि कामपाले आफूले गर्ने सबै तयारी पूरा गरेको स्पष्ट गर्नुभयो । कामपाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अगाडि र त्रिपुरेश्वरमा स्वागतद्वार निर्माणको काम सकेको छ । विशिष्ट पाहुनको स्वागतका लागि कामपा कर्मचारी स्वागतका लागि आआफ्ना वडा कार्यालयको नजीक रहने जनाइएको छ ।

हरेक दिन रातको समयमा मात्रै सडकको सफाइ गर्दै आएको कामपाले राष्ट्रपति सीको भ्रमणका समयमा सडक सफा राख्नका लागि अपराह्न पनि ब्रुमर प्रयोग गरेको थियो । तीनकुनेमा हरियालीसहित सजावटको काम पनि कामपाले नै गरेको उपप्रमुख खड्गीले जानकारी दिनुभयो ।

बडादशैँका समयमा फोहर व्यवस्थापन गर्न समस्या हुने भए पनि कामपाले पहिलो पटक दशैँका समयमा पनि नियमित रुपमा फोहर नुवाकोटको सिसडोल पुर्याएको छ । भूकम्पपछिको सम्पदाको पुनःनिर्माणमा चीनको उत्तिकै योगदान रहेको छ । रानीपोखरी नजीकको दरबार हाइस्कूल, वसन्तपुरको नौतले दरबार तथा नुवाकोटको साततले दरबार र तलेजु भवानीको मन्दिर चिनियाँ सहयोगमा पुनःनिर्माण भइरहेको उपप्रमुख खड्गीले जानकारी दिनुभयो ।

नेपाल सरकार, नेपाली जनता र सिङ्गो मुलुक चिनियाँ राष्ट्रपतिको भ्रमणकोे भव्य स्वागतको तयारीमा जुटेको बताउँदै खड्गीले उहाँको दुईदिने राजकीय भ्रमण पूर्णरुपमा सफल हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी नेपालको दुईदिवसीय राजकीय भ्रमणका लागि केही बेरमा काठमाडौँ आउँदै हुनुहुन्छ ।