२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपालको सुरक्षा व्यवस्था विश्वस्तरमै राम्रो रहेको सन्देश प्रवाह भएको छ’



अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले चिनियाँ राष्ट्रपति सी जिन पिङको भ्रमणको क्रममा प्रदान गरेको सुरक्षाले नेपालको सुरक्षा व्यवस्था विश्वस्तरमै राम्रो रहेको सन्देश प्रवाह भएको बताएका छन् ।

गृहमन्त्री थापाले सोमबार (आज) गृहमन्त्रालयमा सुरक्षा निकायका अधिकारीहरुसँगको बैठकमा सरकारले दिएको जिम्मेवारी सुरक्षाकर्मीले धेरै राम्रो ढंगले निर्वाह गरेको भन्दै नीति निर्माणमा संलग्नदेखि सडकमा खटिने सुरक्षाकर्मीसम्मको योगदानले भ्रमण सफल भएको बताए ।

चिनिया पक्षले समेत भ्रमणको क्रमममा नेपालले गरेको सुरक्षा व्यवस्थाको प्रशंसा गरेको भन्दै गृहमन्त्री थापाले आगामी दिनमा पनि नेपालबाट चीन विरोधी कुनै गतिविधि नहोस् भनेर सतर्क रहन सुरक्षा निकायका प्रतिनिधिहरुलाई निर्देशन दिए ।