१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जहाज ढिलो आएको भन्दै सांसदद्वारा विमानस्थलमा तोडफोड



अ+ अ-

जनकपुरधाम । जहाज ढिला आएको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका एक जना सांसदले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन् ।

सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका प्रतिनिधि सभा सांसद प्रमोदकुमार साहले सोमबार जनकपुर विमानस्थलमा तोडफोड गरेका हुन् ।

उपचारका लागि जहाजमार्फत बिहान ११ः४० बजे काठमाडौं लैजानुपर्ने बिरामीलाई दिउँसो १ः३० बजेसम्म पनि जहाज नआएको भन्दै साहले बुद्ध एयरको काउन्ट तोडफोड गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

आफू आक्रोशमा आएर बुद्ध एअरको काउण्टरमा सामान्य तोडफोड गरेको सांसद साहले स्वीकार्दै यस्ता घटनाहरुमा विमानस्थल प्रशासनले कुनै ध्यान नदिएको उनको गुनासो छ । सांसद साहले तोडफोड गरेपछि केहीबेर विमानस्थलको अवस्था तनावग्रस्त बनेको थियो ।