१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडाैँ । राष्ट्रियसभाको आजको बैठकको शून्य सयममा सांसदहरुले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्वासीको माग सम्बोधन गर्न सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँहरुले राष्ट्रिय धान दिवस मनाइरहँदा पानी, मल, बीउको अभाव हुन नदिनेतर्फ सचेत बन्नुपर्ने सुझाव समेत दिनुभयो । सांसद चन्द्रबहादुर केसीले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद जगत तिमिल्सिनाले नेपालको संविधान, बालबालिकासम्बन्धी ऐनले १८ वर्षमुनिका व्यक्तिलाई पार्टी सदस्यता दिन निषेध गरेको बताउनुभयो ।

सांसद मीना सिंह रखालले राष्ट्रिय धान दिवस मनाइरहँदा पानी, मल, बीउका अभाव हुन दिन नहुनेतर्फ सरकार सचेत बन्नुपर्छ भन्नुभयो । सांसद रञ्जित कर्णले सप्तरी राजविराजमा लाजपुर्जाको माग गर्दै आन्दोलनरत किसानको माग सम्बोधन गर्न आग्रह गर्नुभयो । सांसद रेखाकुमारी झाले नेपाल खानेपानी संस्थान राजविराजमा राज्यकोषबाट सञ्चालिन सेतो नम्बर प्लेटको गाडीमा रातो प्लेट राखेर राज्यस्रोतको दोहन गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रोशनी मेचेले दलको सदस्य हुनका लागि १८ वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था रहेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद वासुदेव घिमिरेले हालैको दशजोड दुईको परीक्षामा केही त्रुटि देखिएकामा आपत्ति जनाउनुभयो । बैठकमा सांसद सम्झना देवकोटाले गोरखा जिल्लाको हिमाली क्षेत्रमा दुई नाका भए पनि दुवै नाका बन्द भएकाले जनजीवन कठिनाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै पर्यटकीय पदमार्गका लागि मात्रै भए पनि नाका खोलाउन माग गर्नुभयो ।

सांसद सोमनाथ पोर्तेलले सुपारीको निर्यातमा रोकिएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सुपारीको ‘डिएनए’ परीक्षण गर्ने निर्णय तत्काल फिर्ता लिएर किसानलाई सहयोग गर्न आग्रह गर्नुभयो ।