१३ असार २०८३, शनिबार
,
Latest
नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर



अ+ अ-

काठमाडौं: नयाँ स्वरूपमा पुनर्निर्माण गरिएको नेपालको ऐतिहासिक धरहरामा पछिल्ला दिनहरूमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य भीड देखिन थालेको छ।

विशेषगरी साँझपख बत्तीहरूको आकर्षक सजावटसँगै चम्किने धरहरा हेर्न र तस्बिर खिच्न आउनेहरूको घुइँचो बढ्दै गएको छ।

हाल धरहरा राजधानीको प्रमुख पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ। धरहराको अवलोकन गर्न आउनेहरू अवलोकन टावरबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य नियाल्नुका साथै परिसरमा घुमफिर गर्दै स्मरणीय तस्बिर र भिडियो कैद गर्न व्यस्त देखिन्छन् सर्वसाधारहरु।

विदेशी पर्यटकका साथै विभिन्न जिल्लाबाट आएका आन्तरिक पर्यटक, विद्यार्थी, युवा तथा परिवारसहितका आगन्तुकले धरहरालाई प्रमुख घुमफिर गन्तव्यका रूपमा रोज्न थालेका छन्। बिदाका दिन तथा साँझको समयमा अवलोकनकर्ताको संख्या अझ बढी हुने गरेको छ।

विसं २०७२ सालको विनाशकारी भूकम्पले ढालेको ऐतिहासिक धरहरा आधुनिक प्रविधि र भूकम्प प्रतिरोधी संरचनासहित पुनर्निर्माण गरिएको हो। पुरानो ऐतिहासिक स्वरूपको मौलिकता जोगाउँदै निर्माण गरिएको नयाँ धरहराले नेपालको सांस्कृतिक सम्पदा, आधुनिक पूर्वाधार र पर्यटन प्रवर्द्धनलाई एकसाथ जोड्ने प्रतीकका रूपमा परिचित हुँदै गएको छ।

साँझको सुनौलो आकाश, झिलिमिली बत्ती र व्यस्त अवलोकनकर्ताको चहलपहलसँगै धरहराको दृश्य अहिले राजधानीको आकर्षक शहरी जीवनशैली र पर्यटन गतिविधिको जीवन्त झल्को बनेको छ।

फोटो फिचरका रूपमा प्रस्तुत यी दृश्यहरूले पुनर्निर्मित धरहराप्रति नागरिक र पर्यटकको बढ्दो आकर्षण तथा नेपालको पर्यटन क्षेत्रको सकारात्मक गतिशीलतालाई उजागर गरेको छ ।

तस्बिर: प्रेम थापा,एनएफपिजे पोखरा