११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा महाधिवेशन: मतदान जारी



अ+ अ-

भरतपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा मतदान जारी छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय मतदान जारी छ ।

यही असार ७ गतेदेखि सुरु भएको महाधिवेशनमा मतदान आज बिहान १०:०० बजेसम्म जारी रहने केसीले जानकारी दिनुभयो ।

निर्वाचनमा ३८४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।