४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो

“धनको सुरक्षा र आवश्यकताको सहयात्री सहकारी”

“धनको सुरक्षा र आवश्यकताको सहयात्री सहकारी”
अ+ अ-

बागलुङ । नौ वर्ष पहिलासम्म घरको सामान्य खर्च चलाउनसमेत श्रीमानको भर पर्ने सीता सुवेदीका दिन अहिले फेरिएका छन् । बागलुङ नगरपालिका–१४ नारायणस्थानकी सीता जब गाउँमै खुलेको बचत तथा ऋण सहकारीमा शेयर सदस्य बन्नुभयो त्यसयता उहाँको दैनिक आर्थिक क्रियाकलाप आफ्नै पौरखमा चल्ने गरेको छ । हातमा पैसा हुँदा बचत गर्ने र नहुँदा सरसापटी लिने माध्यम बनेको छ घरछेउकै सहकारी ।

“शुरुमा उहाँ (श्रीमान) ले नै पैसा दिएर शेयरसदस्य बनेकी हुँ”, सीता भन्नुहुन्छ, “अहिले त अलिअलि पैसा मसँग पनि छ, सहकारीमा बचत गरेकी छु, चाहिँदा खर्च गर्छु ।” गोठमा पालेको भैँसीको दूध, एक/दुई बाख्रा र खेतबारीको नगदेबाली बिक्रीबाट आउने रकम उहाँको बचत गर्ने स्रोत हो । सीता बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाको संस्थापक शेयर सदस्य बन्नुभएको छ । सहकारीमा शेयर सदस्य बनेयता ठूलै खर्च हुने काममा बाहेक साना–तिना खर्च गर्न आफैँ सक्षम भएको उहाँ बताउनुहुन्छ ।

उहाँ मात्रै होइन नारायणस्थानका प्रत्येक घरका महिलाहरु गाउँमा खुलेका सहकारी संस्थामा आवद्व भएका छन् । बलेवा एकता, राहत, साना किसानलगायतका सहकारीले यहाँका महिलाको आर्थिक पहुँच बढाएका छन् । “हाम्रो सहकारीमा शेयर सदस्य महिला नै बढी हुनुहुन्छ”, बलेवा एकता बचत तथा ऋण सहकारीका प्रबन्धक भरत पौडेलले भन्नुभयो, “दैनिक कारोवार गर्ने ८० प्रतिशत महिलाकै सङ्ख्या छ ।” अधिकांश युवा रोजगारीको सिलसिलामा विदेशमा रहेकाले नजिकको बैंकजस्तै बनेका सहकारीमा कारोवार गर्न महिला नै पुग्छन् ।

गाउँघरमा हुने पशु चौपायाको बिक्री र त्यसबाट आउने रकमसमेत जम्ममा गरेर यहाँ महिलाले आफ्नो आर्थिक क्षमता विकास गरेका छन् । “पाठापाठी बेचेर पैसा जम्मा गर्न सहकारीमा आउनुहुन्छ”, सहकारीका निवर्तमान अध्यक्ष दीपेन्द्र खड्का भन्नुहुन्छ, “बचत गर्ने र खर्च कम गर्ने बानीको विकास भएको छ ।” पुरुषहरुको तुलनामा बचत गर्न महिला सिपालु रहेको अनुभव खड्काले सुनाउनुभयो ।

झण्डै एक दर्जन सहकारी रहेको वडामा तीन÷चार सहकारीले मात्रै सक्रिय कारोवार गरेका छन् । यहाँका सहकारीले महिला शेयर सदस्यमार्फत् गरेको लगानी उत्पादनशील क्षेत्रमा प्रयोग भइरहेको पनि दाबी गर्छन् । “हामीले जम्मा गरेको सानो–सानो पूँजी लगानी गर्दा सानै भए पनि उत्पादनशील क्षेत्रमा भएको छ”, प्रबन्धक पौडेलले भन्नुभयोे, “दूधको व्यापार गर्न भैँसी किन्न, बाख्रा पाल्न र तरकारी तथा फलफूलखेती गर्न ऋण माग्न आउनेहरु धेरै छन् ।” अधिक विप्रेषण भित्रिने नारायणस्थानमा सहकारीले नै सबैखाले विप्रेषणको कारोवार गर्दै आएको छ ।

“विदेशबाट आएको रकम झिक्न महिला नै आउँछन्, सहकारीमै रहेको खातामा जम्मा गरेर जान्छन् ।” सहकारीको आर्थिक विभाग प्रमुख अस्मिता गौतम खड्का भन्नुहुन्छ, “घरमा हुने सामान्य आम्दानीदेखि विदेशबाट आउने रकममा समेत महिलाको पहुँच बढेको छ ।” शेयर सदस्यसँग मात्रै कारोवार गर्ने सहकारीलाई स्थानीयले नजिकैको बैंक सम्झिने गरेका छन् । “ऋण चाहिए पनि यहीँ आउने हो, धन भए पनि यहीँ”, स्थानीयवासी प्रताप पौडेलले भन्नुभयो, “हाम्रो धनको सुरक्षा र आवश्यकताको सहयात्री बनेको छ सहकारी ।”

पहिले विदेशबाट आउने रकम र गाउँका उत्पादन बिक्रीबाट आउने रकमको सुरक्षाका लागि जिल्ला सदरमुकामका बैंक जानुपर्ने बाध्यता हटेको पौडेलले सुनाउनुभयो ।