९ भाद्र २०८३, मंगलवार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने



अ+ अ-

काठमाडाैँ । प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको बैठक मंगलवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा शुरु भएको छ ।

बैठकमा संसद्मा पार्टीको आगामी भुमिका, प्रभावकारी रणनीति र विकसित समसामयिक राजनीतिक घटनाक्रमका विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।

विशेषगरी, पार्टीका उपाध्यक्ष विष्णु पौडेलसँग जोडिएको पछिल्लो घटनाक्रमका सम्बन्धमा समेत बैठकमा आवश्यक समीक्षा रणनीति तयार पार्ने कार्यसूची रहेको छ ।

संसदीय दलको बैठकपश्चात आजै साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा सचिवालय बैठक समेत आह्वान गरिएको छ । उक्त बैठकले संसदीय दलको छलफल र मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे थप निर्णय लिने जनाइएको छ । साथै पार्टीको तर्फबाट प्रतिनिधि सभामा सचेतक तोक्ने पनि बताइएको छ ।