२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

कर्मचारी सञ्चय कोषको प्रशासक छनोट प्रक्रिया सुरु

कर्मचारी सञ्चय कोषको प्रशासक छनोट प्रक्रिया सुरु
अ अ+ अ-

काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषको रिक्त प्रशासक पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न आवेदन आह्वान गरेको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै योग्य तथा अनुभवी नेपाली नागरिकलाई आवेदन दिन आग्रह गरेको हो।

सूचनाअनुसार इच्छुक उम्मेदवारले १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्था समन्वय महाशाखा, सिंहदरबारमा आवेदन पेश गर्नुपर्नेछ।

प्रशासक पदका लागि कर्मचारी सञ्चय कोष ऐन, २०१९ बमोजिम योग्यता तथा अनुभव पूरा गरेको हुनुपर्नेछ। साथै, अर्थ मन्त्रालयबाट स्वीकृत पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ अनुसार अयोग्य नरहेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

आवेदकले शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण, पासपोर्ट साइजको फोटो तथा पाँच हजार शब्द ननाघ्ने व्यावसायिक कार्ययोजना समेत पेश गर्नुपर्नेछ। छनोटमा परेका उम्मेदवारले उक्त कार्ययोजनाको प्रस्तुतीकरण समेत गर्नुपर्ने व्यवस्था गरिएको छ।

दरखास्त दस्तुरस्वरूप पाँच हजार रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकमार्फत राजस्व खातामा जम्मा गरी भौचरसहित आवेदन पेश गर्नुपर्नेछ। नियुक्त प्रशासकले प्रचलित कानुन तथा करारका शर्तअनुसार मासिक पारिश्रमिक तथा अन्य सेवा–सुविधा प्राप्त गर्ने जनाइएको छ।

अर्थ मन्त्रालयले आवश्यक परेमा प्राप्त आवेदन रद्द गर्न वा छनोट प्रक्रिया स्थगित गर्न सक्ने अधिकार पनि सुरक्षित राखेको जनाएको छ।