२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

गोलपोष्ट अगाडि उभिएका रास्वपाका रबि, बालेन !

गोलपोष्ट अगाडि उभिएका रास्वपाका रबि, बालेन !
अ अ+ अ-

काठमाडौं । खेल र राजनीति फरक क्षेत्र भए पनि दुवैको केन्द्रमा रणनीति, नेतृत्व, समयको उपयोग र परिणामको खोज नै हुन्छ । एउटा मैदान घाँसे हुन्छ, अर्को समाज र राज्यको संरचनाभित्र फैलिएको हुन्छ । फुटबलमा खेलाडीले पास मिलाउँछन्, अवसर बनाउँछन् र गोल खोज्छन् । राजनीतिमा विचार, संगठन, जनसमर्थन र निर्णयको संयोजनबाट लक्ष्य हासिल गर्ने प्रयास हुन्छ । त्यसैले धेरैले भन्ने गर्छन्— राजनीति पनि एउटा खेल हो, तर यसको स्कोरबोर्ड चुनाव, नीति र जनविश्वासले तय गर्छ ।

यतिबेला विश्व फुटबलको ठूलो उत्सव फिफा विश्वकप उत्तर अमेरिकी भूमिमा केन्द्रित भइरहेका बेला नेपालमा पनि राजनीतिक मैदान आफ्नै किसिमले तातिएको छ ।

यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गतिविधिलाई फुटबलको भाषामा बुझ्ने प्रयास रोचक देखिन्छ । फागुन २१ पछि रास्वपा आफूलाई आक्रामक खेल शैलीमा प्रस्तुत गरिरहेको देखिन्छ । पार्टीभित्र ऊर्जा छ, समर्थकहरू सक्रिय छन्, र नेतृत्वले गति कायम राख्ने सन्देश दिइरहेको छ । यस्तो अवस्थामा उनीहरू आफूलाई विपक्ष कमजोर भएको मैदानमा अवसर खोजिरहेको टोलीका रूपमा प्रस्तुत गर्न चाहन्छन् ।

फुटबलमा एउटा टोलीले खेल जित्न केवल बल नियन्त्रण गरेर पुग्दैन । अन्तिम परिणाम गोलले तय गर्छ । राजनीतिक भाषामा त्यो गोल भनेको जनविश्वासलाई मतमा रूपान्तरण गर्नु, संगठनलाई स्थायी बनाउनु र शासनमा प्रभाव देखाउनु हो ।

चितवनको भरतपुरमा आयोजित पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह रास्वपाका सभापति रवि लामिछानेले राजनीतिक सन्देशलाई फुटबलसँग जोडेर प्रस्तुत गर्नुभयो । उहाँले पार्टीले चुनावअघि नै बालेन्द्र शाहको खुट्टामा बल पुर्‍याइसकेको र अब गोल गर्ने जिम्मेवारी उहाँकै भएको टिप्पणी गर्नुभयो । राजनीतिक रूपमा हेर्दा यो अभिव्यक्ति समर्थन, अपेक्षा र नेतृत्वको भूमिकाबारे संकेत गर्ने प्रतीकात्मक भाषाका रूपमा बुझ्न सकिन्छ ।

उहाँले भन्नुभयो ‘रास्वपाले चुनाव अघि नै बालेन्द्र शाहको खुट्टामा बल पुर्‍याइसकेको छ । अब फटाफट गोल हान्ने जिम्मा सम्माननीय प्रधानमन्त्री बालेनजीको । उहाँले यसको निरन्तरता दिइरहनुभएको छ । झुक्किएर त्यो बल कहीँ आएछ भने फेरि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो ।

फुटबलमा पास दिनु सजिलो हुन्छ, तर गोल गर्न समय, कौशल र दबाब व्यवस्थापन चाहिन्छ । राजनीतिको मैदानमा पनि समर्थन र लोकप्रियताले मात्रै परिणाम सुनिश्चित गर्दैन । खेलाडी धेरै हुँदा अवसर बढ्न सक्छ, तर समन्वय कमजोर भयो भने आफ्नै खेलाडीबीच बल हराउन पनि सकिन्छ । धेरै स्ट्राइकर मैदानमा हुँदा गोल बढ्न सक्छ, तर सबैले एउटै बल पछ्याए खेल बिग्रन पनि सक्छ ।

जहाँ कमजोर बिपक्षी टिम छ भने गोल पोष्ट लगभग खाली नै छ । यस्तो अबस्थामा गोल हान्नका लागि कतै बाधा बिरोध हुने अबस्था छैन । अझ रेफ्रीको भूमीका रहनु पर्नेहरु पछिल्ला केही सबैधानिक नियुक्ति आफु अनुकुल हुदा कानूनी र राजनीतिक जति फल गरेपनि रेड कार्ड पाउने अबस्था देखिदैन । एकल रुपमा नै बल लिएर मैदानमा दौडिरहेको बेला चितवनको भरतपुरमा रास्वपाका खेलाडी र समर्थन जम्मा भएका छन् । टिमका क्याप्टेन सभापति रवि लामिछानेले चितवनका तातोमा पसिना पुछ्दै गरेका कार्यकर्ता तथा शुभेच्छुकलाई भन्नुभयो, अब जसरी पनि गोल गर्नुपर्छ ।

नेपालको अहिलेको राजनीतिक अवस्थालाई फुटबलसँग तुलना गर्दा अर्को रोचक पक्ष देखिन्छ— रेफ्रीको भूमिका । फुटबलमा रेफ्रीले नियम लागू गर्छ । राजनीतिमा संविधान, कानुन र संस्थाहरूले त्यो जिम्मेवारी निर्वाह गर्छन् । खेल निष्पक्ष भयो भने हार–जित स्वीकार्य हुन्छ, तर नियम लागू हुने प्रक्रियामै प्रश्न उठे खेलप्रति विश्वास कमजोर हुन्छ ।

रास्वपाका लागि अहिलेको समय आक्रमणको समय जस्तो देखिए पनि चुनौती कम छैनन् । फुटबलमा प्रारम्भिक दबाबले मात्रै जित सुनिश्चित हुँदैन । दोस्रो हाफमा फिटनेस, निर्णय क्षमता र टोलीको एकता झन् महत्वपूर्ण हुन्छ । राजनीतिमा पनि सुरुवाती आकर्षणलाई दीर्घकालीन संगठन, नीति र परिणाममा बदल्न नसके स्कोर बराबरी वा उल्टो नतिजा आउन सक्छ ।

फुटबलले एउटा कुरा सिकाउँछ— खाली देखिएको गोलपोष्ट पनि सधैं सजिलो हुँदैन । कहिलेकाहीँ अन्तिम प्रहार नै सबैभन्दा कठिन हुन्छ ।

नेपालको राजनीतिक मैदान अहिले त्यही क्षणमा उभिएको देखिन्छ । पासहरू भइरहेका छन्, दर्शक उत्साहित छन्, खेलाडीहरू दौडिरहेका छन् । अब प्रश्न एउटै छ— बल गोलपोष्टभित्र पुग्छ, कि मैदानमै घुमिरहन्छ ?