२ असार २०८३, मंगलवार
,
Latest
सङ्घसङ्गठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन भाइरल भिडियोबारे सांसद भट्टराईको स्पष्टीकरणः ‘निजी जीवनको सामान्य क्षणलाई विवाद नबनाइयोस्’ सरकारले बजेट कार्यान्वयनमा सहज हुनेगरी कानूनी व्यवस्था गर्नुपर्दछः हर्कराज राई चिया क्षेत्रको संकटप्रति सांसद राईको चिन्ताः सरकारी उदासीनताका कारण निर्यातमा अवरोध नेप्से परिसूचकमा गिरावट जारी चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन, अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा हुने सरकारले चालु संसद अधिवेशनमा नै संघीयतासम्बन्धि सबै ऐनहरु पारित हुनेगरी काम गर्नुपर्दछः काँग्रेस सांसद ढुंगाना ग्यालरी बैठक भवनलाई सांस्कृतिक र पुरातात्विक स्वरूपमै पुनर्निर्माण गरिनुपर्छः सांसदहरू राप्ती प्रादेशिक अस्पताल र थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न ४ करोड बजेट विनियोजन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले चालु संसद अधिवेशनमा नै संघीयतासम्बन्धि सबै ऐनहरु पारित हुनेगरी काम गर्नुपर्दछः काँग्रेस सांसद ढुंगाना



अ+ अ-

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस राष्ट्रिय सभाका सांसद आनन्दप्रसाद ढुंगानाले संसदको चालु अधिवेशनमा संघीयता सम्बन्धि सबै कानूनहरु पारित गर्न सरकारसँग माग गर्नुभएको छ ।

मंगलवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । सांसद ढुंगानाले सरकारले कानून निर्माण गर्ने विषयमा चासो नलिएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।

सरकार अध्यादेशमार्फत चल्ने मनस्थितिमा रहेकाले कानून निर्माणको कामले गति पाउने अवस्था नरहेको सांसद ढुंगानाको जिकिर थियो । उहाँले सरकारको कारण मुलुकमा बजेटमाथिको छलफल पनि सोचे अनुसार हुन नसकेको दाबी समेत गर्नुभयो ।

सांसद ढुंगानाले भन्नुभयो,‘संघीयताका लागि यो यो ऐन अति आवश्यक छ भनेर समितिले यस अघि नै भनिसकेको छ । त्यसलाई अहिलेको चालू अधिवेशनमा नै अथवा यही अवधिमा नै पास हुनु पर्दछ । किनभने त्यसपछि संसद दशैंसम्म बन्द होला । यही अवधिमा फाष्टट्रयाकमा सरकारले ल्याओस । र पास गरोस् भन्ने मेरो आग्रह हो । तर सरकार अध्यादेशमार्फत देश चलाउने मनस्थितिमा छ । त्यसकारण सरकारले ऐनहरु निर्माणको काममा चासो देखाएको देखिदैन । दैनिक कामपनि जति संसदमा हुनुपर्दथ्यो, त्यो पनि पूर्ण हुन सकिराखेको छैन । हामीले बजेटबारे पनि राम्रोसँग छलफल गर्न पाइरहेका छैनौँ ।’

सांसद ढुंगानाले संसदीय समितिहरुले पटक पटक सचेत गराउँदा पनि सरकारले संघीयता सम्बन्धि कानून निर्माणमा चासो नदिएको पनि स्मरण गराउनु भयो ।