२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध विपद् व्यवस्थापनमा प्रभावकारी भुमिका खेल्न स्थानीय सरकारलाई नेपाली काँग्रेसको निर्देशन एच३ रकेट सफल पुनःउडानमा फर्कियो ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद ‘बीटुबी’ र एकीकृत वित्तीय प्रणालीमा आइएमईको ध्यान, नवप्रवर्तनमा जोड दिन अध्यक्ष ढकालको आग्रह नेपाल–चीनबीच कृषि तथा वन क्षेत्रको सहकार्य विस्तारबारे छलफल कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह कर्णालीका स्थानीय तहमा २८ प्रतिशत कर्मचारी अभाव, १ हजार ३६३ दरबन्दी रिक्त इमान्दारी र समर्पण भए असम्भव केही छैनः अध्यक्ष ढकाल आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेस नीति प्रतिष्ठानद्वारा पाँच विषयगत उपसमिति गठन



अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठकले विभिन्न सामाजिक, आर्थिक तथा नीतिगत विषयमा अध्ययन, अनुसन्धान र संवादलाई व्यवस्थित बनाउन पाँचवटा विषयगत उपसमिति गठन गरेको हो।

जेठ २७ र २८ गते सम्पन्न बैठक पार्टी सभापति गगनकुमार थापाको समुपस्थितिमा पार्टी उपसभापति एवं प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको थियो।

बैठकले डायस्पोरा डाइलग उपसमितिको संयोजकमा डा. यादव पण्डितलाई चयन गरेको छ। उक्त उपसमितिले नागरिकता, लगानी तथा मतदान अधिकारलगायत विषयमा विश्वभर रहेका नेपाली समुदायसँग नीति संवाद र समन्वय गर्ने जिम्मेवारी पाएको छ।

यस्तै स्वास्थ्य बिमा तथा सेवामा पहुँच नीतिगत संवाद उपसमितिको संयोजकमा डा. अन्जनीकुमार झा, घरेलु तथा डिजिटल हिंसा सचेतना उपसमितिको संयोजकमा स्वीकृती पौडेल, सार्वजनिक यातायात तथा सडक सुरक्षा सचेतना उपसमितिको संयोजकमा श्रीप्रसाद भलामी तथा खेलकुद नीति संवाद उपसमितिको संयोजकमा विनोद दास चयन भएका छन्।

प्रतिष्ठानले यी उपसमितिमार्फत विभिन्न क्षेत्रमा नीतिगत बहस, अनुसन्धान तथा जनचेतनामूलक गतिविधिलाई थप प्रभावकारी बनाउने जनाएको छ।