२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट प्रक्रिया अगाडि बढाउन श्रम संस्कृति पार्टी लचक, विरोध भने जारी रहने



अ+ अ-

काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्ना मागहरू यथावत रहे पनि बजेट प्रक्रियालाई लामो समयसम्म नरोक्ने बताउनुभएको छ ।

प्रतिपक्षी दलहरूबीच भएको छलफलपछि बजेटलाई धेरै समयसम्म अल्झाइराख्नु उचित नहुने निष्कर्ष निकालिएको उनले जानकारी दिनुभयो । विगत १० दिनदेखि जारी राजनीतिक गतिरोधका सन्दर्भमा बोल्दै अध्यक्ष राईले सम्बन्धित पक्षले सदनमा उपस्थित भएर आफ्नो भनाइ सच्याउनुपर्ने अडान दोहो¥याउनु भयो ।

अध्यक्ष राईले प्रतिपक्षी दलहरूबीचको कार्यगत एकतामा जोड दिँदै आफूहरू एक्लै नभई अन्य दलहरूसँगको समन्वयमा अगाडि बढिरहेको स्पष्ट पार्नुभयो । माग पूरा नभएसम्म सदनमा विरोध प्रदर्शन जारी रहने भएपनि विकास र बजेटको प्रक्रियालाई निकास दिन पार्टीले लचकता अपनाउने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हाम्रा मागहरूमा हामी दृढ छौँ र सदनभित्र विरोधका कार्यक्रमहरू जारी रहनेछन् । तथापि, बजेट जस्तो महत्वपूर्ण विषयलाई महिना दिनसम्म रसाकसीको अवस्थामा राखिरहनु उपयुक्त नहुने साझा निष्कर्षमा हामी पुगेका छौँ ।’

विगत केही समयदेखि श्रम संस्कृति पार्टी र अन्य विपक्षी दलहरूले विभिन्न माग राख्दै आएका कारण बजेट निर्माण र कार्यान्वयनको प्रक्रिया प्रभावित हुँदै आएको थियो ।