२७ जेष्ठ २०८३, बुधबार
,
Latest
वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दल त्याग गरेपछि एमालेका ८ जना वडा अध्यक्षको पद रिक्त



अ+ अ-

काठमाडाैँ । निर्वाचन आयोगले विभिन्न स्थानीय तहमा निर्वाचित आठ जना वडा अध्यक्षले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेको भन्दै उनीहरूको पद स्वतः रिक्त भएको जनाएको छ।

आयोगले बुधबार सूचना प्रकाशित गर्दै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२(१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) को केन्द्रीय सचिवालयबाट प्राप्त जानकारीका आधारमा मिति २०८३ जेठ २६ गते पद रिक्त भएको निर्णय गरेको जनाएको हो।

आयोगका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनबाट एमालेका तर्फबाट निर्वाचित भएका ती जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको व्यहोरा पार्टीको केन्द्रीय समितिले आयोगलाई जानकारी गराएको थियो। सोही आधारमा सम्बन्धित पदहरू स्वतः रिक्त भएको घोषणा गरिएको हो।

पद रिक्त हुने जनप्रतिनिधिहरूमा कोशी प्रदेशको ओखलढुंगास्थित मोलुङ गाउँपालिका–१ का वडा अध्यक्ष कमलबहादुर बानियाँ, मोलुङ गाउँपालिका–६ का वडा अध्यक्ष कमल तामाङ तथा चम्पादेवी गाउँपालिका–७ का वडा अध्यक्ष सुरेश कुमार थापा रहेका छन्।

त्यसैगरी, लुम्बिनी प्रदेशको पाल्पास्थित माथागढी गाउँपालिका–१ का वडा अध्यक्ष राजकुमार पन्थी, बागमती प्रदेशको ललितपुरस्थित बागमती गाउँपालिका–७ का वडा अध्यक्ष होमप्रसाद बजगाई, कोशी प्रदेशको मोरङस्थित लेटाङ नगरपालिका–४ का वडा अध्यक्ष रामकुमार श्रेष्ठ तथा रंगेली नगरपालिका–१ का वडा अध्यक्ष महेश कुमार खनालको पद पनि रिक्त भएको आयोगले जनाएको छ।

यस्तै, लुम्बिनी प्रदेशको दाङस्थित घोराही उपमहानगरपालिका–४ का वडा अध्यक्ष मधुसूदन शर्माको पद समेत रिक्त भएको सूचनामा उल्लेख छ।

निर्वाचन आयोगले सम्बन्धित सबै निकाय तथा सरोकारवालाको जानकारीका लागि उक्त सूचना सार्वजनिक गरेको जनाएको छ।




भर्खरै