३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने

एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीको सङ्गठन सुदृढीकरण र भावी कार्यदिशा बनाउनका लागि देशव्यापी रूपमा सुझाव सङ्कलन गर्ने निर्णय गरेको छ ।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठित निर्वाचन समीक्षा तथा पुनःगठन कार्यदलले देशव्यापी सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिनुभयो ।

उहाँले बैठकले पार्टी संरचना थप सुदृढ र प्रभावकारी बनाउन प्रदेशदेखि केन्द्र तहसम्म सुझाव सङ्कलन तथा छलफल कार्यक्रम सञ्चालन गर्ने भएको बताउनुभयो । उहाँका अनुसार राजधानीसहित आठ प्रदेश कमिटी, जनसङ्गठन, सम्पर्क समन्वय र विभाग प्रमुख तथा निकायका पदाधिकारीसँग सङ्गठन सुदृढीकरण र पार्टीको भावी कार्यदिशा बनाउन सुझाव सङ्कलन गर्न थालिएको हो ।

प्रदेशस्तरीय भेलामा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला तहका पदाधिकारीहरूको सहभागिता रहनेछ । कार्यक्रमको समन्वय सम्बन्धित प्रदेश इञ्चार्जले गर्ने निर्णय गरिएको छ ।

बैठकले कार्यदलको सदस्य–सचिवको जिम्मेवारी शङ्कर पोखरेललाई दिने निर्णय गरेको प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिनुभयो । बैठकमा पार्टी अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याललगायत रहनुभएको थियो ।  रासस