९ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कार्यशैलीप्रति कटाक्ष गर्दै ‘सुशासन’को नाममा भइरहेको गतिविधिमाथि प्रश्न उठाउनुभएको छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले सुशासनको नारासहित सत्तामा पुगेकाहरूका काम र क्रियाकलापलाई नै सुशासनको मानक मान्ने हो भने जनताले “भो, यस्तो सुशासन चाहिँदैन” भन्नुपर्ने अवस्था आएको टिप्पणी गर्नुभएको हो।

उहाँले सुशासनको नाममा भइरहेका गतिविधि र निर्णयहरूले जनअपेक्षाअनुसार परिणाम दिन नसकेको संकेत गर्दै सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।