२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’



अ+ अ-

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य तथा भदौ २३ र २४ गतेको आन्दोलन जाँचबुझ समितिकी संयोजक डा. लिली थापाले प्रतिवेदन तयार गर्ने क्रममा नेपाली सेनाबाट अपेक्षित सहयोग प्राप्त नभएको बताएकी छन्।

नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै डा. थापाले आयोगले गठन गरेको जाँचबुझ समितिले आन्दोलनका क्रममा कमाण्ड सम्हालेका जिम्मेवार सैनिक अधिकारीहरूलाई बयानका लागि पटक–पटक बोलाए पनि उनीहरू उपस्थित नभएको जानकारी दिइन्।

उनका अनुसार आयोगले संवैधानिक अधिकार प्रयोग गर्दै सम्बन्धित निकाय र अधिकारीहरूलाई बारम्बार बोलाए पनि पहिलो, दोस्रो तथा रक्षा मन्त्रालयमार्फत गरिएको पत्राचार र पछि आयोगमै बोलाउँदासमेत सैनिक अधिकारीहरू उपस्थित भएनन्। उनले सेनाप्रमुखसँग प्रत्यक्ष संवाद भए पनि आवश्यक सहयोग प्राप्त नभएको दाबी गरिन्।

डा. थापाले सेनाको अपेक्षित सहयोग नपाएपछि उपलब्ध तथ्य र प्रमाणका आधारमा प्रतिवेदन तयार गरिएको स्पष्ट पारिन्। आयोगले करिब ६ सय पृष्ठ लामो विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ, जसमा विश्लेषण, नीतिगत सिफारिस तथा थप अनुसन्धान आवश्यक पर्ने विषयहरू छुट्टाछुट्टै रूपमा समेटिएका छन्।

उनले प्रतिवेदनमा केही कमी–कमजोरी हुन सक्ने स्वीकार गर्दै आयोगको निर्देशिका अनुसार असन्तुष्ट पक्षले तीन महिनाभित्र पुनरावलोकन (रिभ्यु) को निवेदन दिन सक्ने व्यवस्था रहेको जानकारी दिइन्। उनका अनुसार हालसम्म दुई–तीन जना अभियन्ताले आफ्नो नाम अनुसन्धानको दायरामा परेको विषयमा आपत्ति जनाउँदै पुनरावलोकन निवेदन दिएका छन्, जसको प्रक्रिया अघि बढाइनेछ।

अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिवेदनप्रति चासो देखिएको उल्लेख गर्दै उनले जेनेभामा आयोजित मानव अधिकार परिषद्को बैठकमा यसको विषयमा बारम्बार प्रश्न उठेको बताइन्।

उनले प्रतिवेदन कार्यान्वयन नै मुख्य चुनौती भएको भन्दै सिफारिसहरू कार्यान्वयन नभए भविष्यमा फेरि सडक आन्दोलन हुन सक्ने र त्यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छविमा असर पार्न सक्ने चेतावनी समेत दिएकी छन्।