२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणितको यस्तो सानो प्रश्न, जसले इन्टरनेटमा मच्चायो हंगामा



अ+ अ-

काठमाडौं । गणित यस्तो विषय हो जसबाट अधिकांश विद्यार्थी टाढा भाग्दछन् । उनीहरुको लागि गणित टाउको दुखाइबाहेक अरु केही पनि होइन । यद्यपि, सजिलै हल गर्न सकिने छोटा प्रश्नमा भने सबै रुचि राख्दछन् । यदि, त्यही छोटो प्रश्नको कुनै सही उत्तर मिलेन भने ?

हाल सामाजिक सञ्जालमा एक सामान्य प्रश्न निकै भाइरल भइरहेको छ । यसको उत्तरलाई लिएर प्रयोगकर्ताहरु दुई भागमा विभाजित भएका छन् ।

ट्विटरको एक एकाउन्टबाट गणितको एक सामान्य प्रश्न ‘8÷2(2+2)=?’ पोस्ट गरिएको थियो । यसपछि यसको दुई ओटा हल गर्ने विधि र दुई ओटा उत्तर अगाडि आएको छ ।

केही प्रयोगकर्ताले प्रश्नको उत्तर १ बताएका छन् भने अन्य प्रयोगकर्ताले १ उत्तर सुझाएका छन् । एक ट्वीटर प्रयोगकर्ताले यस प्रश्नको उत्तर १६ लेख्दै भनेका छन्, ‘तिमीहरुमध्ये धेरै गणितमा फेल भएका हुन सक्छौ र यो यहाँ देखिँदै छ ।’ अर्का एक ट्वीटर प्रयोगकर्ताले यसको उत्तर दिँदै भनेका छन्, ‘मसँग गणितको दुईओटा डिग्री छ र यसको उत्तर १ हुन्छ ।’

यसपछि प्रश्नको सही उत्तरलाई लिएर बाँकी प्रयोगकर्ताले पनि आआफ्नो प्रतिक्रिया दिएका छन् । केहीका अनुसार १६ सही उत्तर हो भने केही १ मा नै अडिग देखिए ।

सबैभन्दा पहिला ब्राकेटको हल

इन्टरनेटमा हंगामा मच्चाइरहेको यो प्रश्नाई लिएर एक गणितका जानकार व्यक्तिले भने, ‘वास्तवमा यो प्रश्नलाई हल गर्ने दुईओटा तरिका छन् ।’ युनिभर्सिटी अफ म्यानचेस्टरका अप्लाइड म्याथ्सका प्राध्यापक डा। थोमस हाउस भन्छन्, ‘प्रश्न हल गर्दा ब्राकेटलाई कसरी हल गरिन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।’ उनका अनुसार गणितमा सबैभन्दा सजिलो तरिका भनेको सबैभन्दा पहिला ब्राकेटमा बन्द हिसाबलाई हल गर्नु हो । यस्तोमा सबैभन्दा पहिला 8÷2(2+2)=. 8÷2(4) हुन्छ । त्यसपछि गुणा गर्नुभन्दा पहिला भाग हुने चलनअनुसार 4(4)=16 हुन्छ । अर्थात् यो तरिकाले प्रश्नको उत्तर १६ आउँछ ।

१ उत्तर आउनुको कारण

ब्राकेटलाई अर्को तरिकाले खोल्ने हो भने उत्तर १ आउँछ । किनकि, केही मानिस भाग गर्नुभन्दा पनि पहिला ब्राकेटको अंकलाई बाहिरको अंकसँग गुणा गरेर ब्राकेट हटाउँछन् । यस्तो गर्दा अघिल्लो तहमा 8÷8 हुन्छ । यसरी उक्त प्रश्नको उत्तर १ आउँछ । विशेषज्ञका अनुसार यस्तो अवस्थामा कम्प्युटरको भर पर्ने गरिन्छ । किनकि, कम्प्युटरले खास विधिद्वारा यसको हल गर्दछ । यसअनुसार प्रश्नको उत्तर १६ आउँछ ।

यस भ्रमलाई हटाउन केही प्रयोगकर्ताले प्रश्नलाई सही ढंगले लेख्नुपर्ने आवश्यकता औंल्याए । यस्तोमा प्रश्नलाई 8÷(2(2+2)) लेखेमा भ्रम नरहने उनीहरुको ठहर छ । तपाईंले यस प्रश्नको हल कसरी गर्नुभयो रु कतै तपाईंमा सधैं क्याल्कुलेटरमै भर पर्ने बानी त छैन ?

खरिबोटबाट




भर्खरै