१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला पुरुषलाई छोरा र छोरीमा के मन पर्छ ? यस्तो भन्छ अध्ययन



अ+ अ-

काठमाडौं । अध्ययनले आफ्नो मन पर्ने बच्चामध्ये महिलालाई छोरी र पुरुषलाई छोरा नै मन पर्ने खुलासा गरेको छ । न्यु ब्रुनस्विकको रुटजर युनिभर्सिटीका अध्ययनकर्ताले गरेको रिसर्चले यस्तो खुलासा गरेको हो ।

उक्त अध्ययनटोलीका प्राध्यापक लि क्रोंकले परिवारलाई सुखी र खुसीले पूर्ण बनाउन रिसर्चले सहयोग गर्ने बताए । अध्ययनमा सहभागीहरुले अगाडिका अध्ययन, धनी, गरिबसँग सम्बन्धित सोचाइहरुको एउटा तह पार गरेका थिए । त्यसपछि रिसर्चरहरुले धेरै कोणहरुबाट उनीहरुको रुचिबारे प्रश्न गरेका थिए ।

रिसर्चकै क्रममा सहभागीहरुको लिंगअनुसार रुचिमा प्रभाव पर्ने गरेको पाइएको थियो । यो अध्ययन साइन्टिफिक रिपोर्टमा प्रकाशित भएको बताइएको छ ।