२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिन–पोखरा सडकको ‘सेफ्टी अडिट’ सुरु



file photo
अ+ अ-

काठमाडाैँ । पर्यटन राजधानी पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने पृथ्वीराजमार्गमा दुर्घटना बढेसँगै ‘सेफ्टी अडिट’ सुरु गरिएको छ । स्तरोन्नतिका क्रममा रहेको सो सडकखण्डमा बढ्दो सवारी चाप र दुर्घटनालाई मध्यनजर गर्दै ‘सेफ्टी अडिट’ सुरु गरिएको मुग्लिन–पोखरा सडक आयोजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिनुभयो ।

उक्त खण्डमा अहिले स्तरोन्नति अन्तिम चरणमा छ । चार लेनमा सडकमा कालोपत्र सकिएको छ । “सडक विस्तार तथा स्तरोन्नति अन्तिम चरणमा छ, सडक प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राखेर सेफ्टी अडिट सुरु गरेका छौँ । अडिटका क्रममा सडकको मोड, चोक, पुल, साइनबोर्ड, डिभाइडर, सडकबत्ती, पैदलयात्रीको आवागमन तथा दुर्घटना सम्भावित क्षेत्रको अध्ययन गरिनेछ”, आयोजना प्रमुख कुँवरले भन्नुभयो ।

सरकारको १०० बुँदे कार्ययोजनामा समेत मुग्लिन–पोखरा सडकमा सेफ्टी अडिट गर्ने र यसको प्रतिवेदन अन्य सडकमा समेत लागू गर्ने उल्लेख गरिएको आयोजनाले जनाएको छ । उक्त प्रतिवेदनका आधारमा आवश्यक स्थानमा थप सुरक्षा व्यवस्था, ट्राफिक सङ्केत चिह्न, रेलिङ, गति नियन्त्रण तथा चेतनामूलक व्यवस्था गरिने जनाइएको छ । मुग्लिन–पोखरा सडक देशकै व्यस्त राजमार्गमध्ये एक मानिन्छ ।

सडक विस्तारका क्रममा कतिपय स्थानमा निर्माण सामग्री, धुलो तथा अस्थायी संरचनाका कारण यात्री तथा चालकले समस्या भोग्दै आएका छन् । वर्षायाम नजिकिँदै गर्दा पहिरो र दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले ‘सेफ्टी अडिट’ गर्न लागिएको हो । मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा पाँच वर्षअघि सुरु भएको सडक विस्तार तथा स्तरोन्नति पटकपटक म्याद थप हुँदासमेत अझै पूरा हुनसकेको छैन ।

तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्मको ३८ दशमलव ७१ किलोमिटर सडकखण्ड पश्चिम खण्डअन्तर्गत पर्दछ । आयोजनाको म्याद गत पुसमा तेस्रोपटक थप गर्दै आगामी असार १५ गतेसम्म पुर्याइएको छ । हालसम्म आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत पुगेको छ ।