६ श्रावण २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य बीमा बोर्डको निर्देशन: आकस्मिकबाहेकका सामान्य केसमा दाबी भुक्तानी नहुने



अ+ अ-

काठमाडाैँ । नेपाल स्वास्थ्य बीमा बोर्डद्वारा निजी सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत आकस्मिक उपचारसम्बन्धी सेवा प्रावधानलाई स्पष्ट पार्दै नयाँ निर्देशन जारी गरिएको छ।

बबरमहलस्थित बोर्डले जारी गरेको पत्रमार्फत निजी स्वास्थ्य संस्थाहरूलाई आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्ने सन्दर्भमा स्पष्ट मापदण्ड पालना गर्न आग्रह गरेको हो। बोर्डका अनुसार आकस्मिक प्रकृतिका बिरामीलाई मात्र आवश्यक परेमा आकस्मिक सेवा अन्तर्गत उपचार उपलब्ध गराउनुपर्नेछ। त्यस्ता बिरामीलाई उपचारका क्रममा अस्पताल भर्ना वा शल्यक्रिया आवश्यक परेमा चिकित्सकीय प्रक्रिया अनुसार सेवा प्रदान गरी डिस्चार्ज गर्न सकिने व्यवस्था गरिएको छ।

तर सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवा अन्तर्गत उपचार प्रदान गरी दाबी पेश गरिएमा त्यस्ता दाबीहरूको भुक्तानी नहुने तथा प्रचलित कानुनअनुसार आवश्यक कारबाही हुने स्पष्ट पारिएको छ।

साथै, बोर्डले सेवाग्राहीहरूलाई समेत लक्षित गर्दै स्वास्थ्य सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब सिर्जना नगर्न आग्रह गरेको छ। सेवाग्राहीलाई तोकिएबमोजिम आवश्यक उपचार सेवा प्राप्त गरी स्वास्थ्य सेवा प्रणालीलाई व्यवस्थित बनाउन सहयोग गर्न अनुरोध गरिएको छ।

स्वास्थ्य बीमा बोर्डले यस सूचनाको बोधार्थ स्वास्थ्य बीमा बोर्डको दाबी व्यवस्थापन शाखालाई समेत पठाएको जनाएको छ।