४ श्रावण २०८३, सोमबार
,
Latest
बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनरावलोकन गरिने, सरकारद्वारा कार्यदल गठन काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवतीको हत्या, आरोपीको खोजी तीव्र अवैध व्यापार गर्नेलाई कडा कारबाही गर्ने वाणिज्य विभागको चेतावनी मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिलाहरु अन्ततः सम्पर्कमा गत वर्ष ११ हजार ४६८ मुद्दा फछ्र्योट उत्तरी भियतनाममा बाढी र पहिरोबाट पाँच जनाको मृत्यु, तीन बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगका प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको भनाई, कालापानीको विषयमा छलफल हुँदैछ



अ+ अ-

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले विगतका आन्दोलनहरुका सन्दर्भमा गठन भएका सबै आयोगका प्रतिवेदन सरकारले आवश्यक अध्ययन गरी क्रमश: सार्वजनिक गर्ने बताउनु भएको छ ।

संसदको बैठकमा उपस्थित भएका प्रधानमन्त्री शाहसँग नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सोधेका प्रश्नको जवाफ दिँदै उहाँले मानव अधिकार आयोग, कार्की आयोगका प्रतिवेदनलाई पनि यही पृष्ठभूमिमा अध्ययन गरेर सार्वजनिक गरिने बताउनुभयो ।

प्रधानमन्त्री बालेन्द्र शाह एकाएक संसदमा उपस्थित भएर सांसदले राखेका प्रश्नको जवाफ दिने बताउनु भएको थियो । तर यो प्रक्रियाप्रति विपक्षी सांसदहरुले आपत्ति जनाएका थिए ।

यस्तै, नेकपा एमालेका पदमा अर्यालले लिपुलेक, कालापानीको सीमा विवादका बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले कालापानीका बारेमा भारत सरकारलाई कुटनीतिक नोट पठाइसकेको जानकारी दिनुभयो ।

उहाँले नेपालले पठाएको कुटनीतिक नोटका सन्दर्भमा भारत सरकारले जवाफ दिएको छ भन्दै यो विषयमा भारत र चीन मात्र होइन बेलायत सरकारले पनि सरोकार राख्नुपर्छ भन्ने हो । कुटनीतिक माध्यम र वार्ताद्वारा समाधान गरिने छ, उहाँले भन्नुभयो ।