६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

पूँजी बजार सुधारमुखी बजेटले नयाँ युगको सुरुवात गरेको छ : अध्यक्ष सागर ढकाल

पूँजी बजार सुधारमुखी बजेटले नयाँ युगको सुरुवात गरेको छ : अध्यक्ष सागर ढकाल
अ+ अ-

काठमाडौं । नेपाल सरकारद्वारा सार्वजनिक आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति नेपाल स्टक ब्रोकर एसोसिएसनले सकारात्मक प्रतिक्रिया जनाएको छ।

विशेषगरी पूँजी बजार सुधार, प्रविधिमैत्री कारोबार प्रणाली, गैरआवासीय नेपाली लगानी आकर्षण तथा आधुनिक वित्तीय उपकरणको सुरुवातसम्बन्धी घोषणालाई ब्रोकर समुदायले ऐतिहासिक तथा दूरदर्शी कदमका रूपमा व्याख्या गरेको छ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का कार्यकारिणी समिति सदस्य तथा नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले बजेटले नेपालको पूँजी बजार सुधार तथा लगानीमैत्री वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभएको छ।

उहाँले भन्नुभयो “यस वर्षको बजेटले नेपालको पूँजी बजारलाई केवल शेयर कारोबारको माध्यमका रूपमा होइन, राष्ट्रिय अर्थतन्त्रको विकास साझेदारका रूपमा स्वीकार गरेको देखिन्छ। सरकारले पूँजी बजार सुधारलाई प्राथमिकतामा राख्दै आधुनिक वित्तीय उपकरण, लगानीकर्ता संरक्षण तथा बजार विस्तारलाई जोड दिनु अत्यन्त सकारात्मक विषय हो।”

बजेटमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना, इन्ट्राडे कारोबार, सर्ट सेलिङ तथा डेरिभेटिभ उपकरण चरणबद्ध रूपमा लागू गर्ने घोषणा गरिएको छ।

अध्यक्ष सागर ढकालले यी व्यवस्थाले नेपाली पूँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो “इन्ट्राडे, सर्ट सेलिङ र डेरिभेटिभ जस्ता अन्तर्राष्ट्रिय अभ्यासमा आधारित उपकरणको सुरुवातले बजारमा तरलता बढाउनुका साथै संस्थागत लगानी र बजारको प्रभावकारिता समेत वृद्धि गर्नेछ। यसले नेपाली पूँजी बजारलाई थप परिपक्व, विश्वसनीय र प्रतिस्पर्धी बनाउने अपेक्षा गरेका छौँ।”

बजेटमा गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने कानुनी व्यवस्था परिमार्जन गर्ने घोषणा गरिएको विषयलाई पनि अध्यक्ष ढकालले अत्यन्त महत्वपूर्ण कदमका रूपमा लिनुभएको छ।

उहाँले भन्नुभयो “विश्वभर रहेका नेपालीहरूको पूँजी, अनुभव र विश्वासलाई नेपालको पूँजी बजारमा आकर्षित गर्न सके बजारको आकार, गहिराइ र स्थायित्व उल्लेखनीय रूपमा बढ्नेछ। गैरआवासीय नेपालीको सहभागिताले दीर्घकालीन लगानी संस्कृतिलाई मजबुत बनाउनेछ।”

त्यसैगरी सूचीकृत कम्पनीको शेयर बिक्रीमा लाग्ने पूँजीगत लाभकरलाई अन्तिम कर बनाउने निर्णयले लगानीकर्तामा रहेको करसम्बन्धी अन्योल हट्ने अध्यक्ष ढकालको भनाइ छ।

उहाँले सरकारद्वारा इनसाइडर ट्रेडिङ तथा शेयर कर्नरिङविरुद्ध लिइएको शून्य सहनशीलताको नीतिलाई पनि स्वागत गर्नुभयो।

उहाँले भन्नुभयो “बजारको विश्वसनीयता कायम राख्न पारदर्शिता, सुशासन र नियामकीय क्षमता अत्यन्त आवश्यक हुन्छ। सरकारले अनियमित गतिविधिविरुद्ध कडा नीति लिएको विषयले वास्तविक लगानीकर्तामा विश्वास अझ बढाउनेछ।”

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का कार्यकारिणी समिति सदस्यसमेत रहनुभएका अध्यक्ष ढकालले निजी क्षेत्र, सरकार र नियामक निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

उहाँले थप भन्नुभयो “अबको मुख्य आवश्यकता भनेको बजेट घोषणाको प्रभावकारी कार्यान्वयन हो। पूँजी बजार, बैंकिङ क्षेत्र, निजी क्षेत्र र सरकारबीच समन्वयात्मक सहकार्य भयो भने नेपालको अर्थतन्त्रलाई नयाँ गति दिन पूँजी बजारले निर्णायक भूमिका खेल्न सक्छ।”

स्टक ब्रोकर समुदायले बजेटले नेपालको पूँजी बजारलाई आधुनिक, डिजिटल, पारदर्शी तथा लगानीमैत्री दिशातर्फ अघि बढाउने विश्वास व्यक्त गरेको छ।