६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटः ऊर्जा, सिंचाई र शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटः ऊर्जा, सिंचाई र शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले । तस्बिर : रत्न श्रेष्ठ / रासस
अ+ अ-

काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रश्तुत गर्दै ऊर्जा, सिँचाइ, शिक्षा, स्वास्थ्य र सूचना प्रविधि क्षेत्रका लागि महत्वाकांक्षी योजना तथा बजेट विनियोजन सार्वजनिक गर्नुभएको छ ।

शुक्रवार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले मुलुकको आर्थिक रूपान्तरणका लागि पूर्वाधार विकास र सामाजिक सुरक्षामा केन्द्रित कार्यक्रमहरू प्रश्तुत गर्नुभयो । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि कुल ८५ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ । जसअन्तर्गत ६७० मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न गरी ठेक्का प्रक्रिया शुरु गरिनेछ । लगानी बोर्डमार्फत अघि बढाइएका अरुण तेस्रो र तल्लो अरुणसहित करिब ३ हजार मेगावाट क्षमताका आयोजनाहरूलाई सरकारले सहजीकरण गर्नेछ ।

प्रसारण लाइनतर्फ हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी लाइन चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । साथै, बुटवल–गोरखपुर र इनरुवा–पूर्णिया जस्ता अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई तीव्रता दिइनेछ । वैकल्पिक ऊर्जातर्फ हेटौँडामा २.५ मेगावाटको ग्रीन हाइड्रोजन पाइलट प्रोजेक्ट र काठमाडौंमा १०० मेगावाटको ब्याट्री इनर्जी स्टोरेज प्रणाली स्थापना गरिने बजेटमा उल्लेख छ ।

आगामी आर्थिक वर्ष थप १५ हजार ८०० हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याई सिञ्चित क्षेत्रको अनुपात ६४ प्रतिशत पु¥याउने सरकारको लक्ष्य छ । सिंचाई क्षेत्रका लागि बबई, सिक्टा, भेरी–बबई डाइभर्सन र सुनकोशी–मरिन डाइभर्सनजस्ता ठूला आयोजनालाई प्राथमिकता दिइएको छ । सुनकोशी–मरिन आयोजना चार वर्षभित्र सम्पन्न गर्नेगरी २ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएको छ । तराई–मधेसका ३ हजार ९८० हेक्टरमा भूमिगत सिँचाइ र पहाडी क्षेत्रका टारहरूमा लिफ्ट सिँचाइका लागि समेत बजेट व्यवस्था गरिएको छ ।

सूचना तथा सञ्चार क्षेत्रका लागि ५ अर्ब ९३ करोड रुपैयाँ विनियोजन गरिएको छ । दूरसञ्चार प्राधिकरण विधेयक संसद्मा पेस गर्ने र कर्णाली तथा सुदूरपश्चिममा नेटवर्क विस्तार गर्ने योजना छ । लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रुपैयाँ छुट्याइएको छ ।

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड रुपैयाँ विनियोजन गर्दै १० वटा फुटबल रङ्गशालाको स्तरोन्नति र ८ वटा सहरमा आधुनिक क्रिकेट रङ्गशाला निर्माण गरिने घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई अवकाशपछि आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने मन्त्री वाग्लेले बताउनु भयो ।
शिक्षा क्षेत्रका लागि सरकारले सबैभन्दा ठूलो हिस्सा अर्थात् २१८ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ । सुदूरपश्चिमको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक सत्र २०८३÷८४ देखि चिकित्सा शिक्षाका कार्यक्रम शुरु गरिनेछ । यस्तै, छात्रवृत्तिका लागि ८ अर्ब ६० करोड र सामुदायिक विद्यालयको पूर्वाधार म्यापिङका लागि १ अर्ब रुपैयाँ छुट्याइएको छ ।

स्वास्थ्य क्षेत्रतर्फ कुल १०१ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसमध्ये स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ अर्ब र निःशुल्क औषधि तथा आमा सुरक्षा कार्यक्रमका लागि १३ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरिएको छ । निर्माणाधीन ३३६ आधारभूत अस्पतालहरू आगामी तीन वर्षभित्र सम्पन्न गर्ने सरकारको योजना छ ।