६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूनस्तर भेटिएपछि ‘तेज’ ब्रान्डको तोरी तेल बजारबाट फिर्ता गर्न आदेश



अ+ अ-

काठमाडौं । खाद्य प्रविधि तथा सपा नियन्त्रण विभागले न्यूनस्तर पाइएपछि ‘तेज’ ब्रान्डको तोरी तेल बजारबाट फिर्ता गर्न आदेश जारी गरेको छ ।

विभागले शुक्रबार सूचना जारी गर्दै बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा उक्त तेल नेपाल सरकारले तोकेको मापदण्डअनुसार नभेटिएको जनाएको छ ।

विभागका अनुसार फिर्ता गर्न निर्देशन दिइएको खाद्य पदार्थ आयातित तोरी गेडाबाट उत्पादन गरिएको तोरी तेल हो, जसको ब्याच नम्बर २० रहेको छ । उक्त तेलको उत्पादन मिति २०८२ फागुन २८ रहेको तथा उपभोग्य अवधि ६ महिना तोकिएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम सम्बन्धित ब्याचका सबै उत्पादन तत्काल बजारबाट फिर्ता (रिकल) गर्न तथा सोही ऐनको दफा ३८(४) अनुसार बिक्री–वितरण नगर्न/नगराउन विभागले सम्बन्धित उत्पादकलाई निर्देशन दिएको जनाएको छ ।

विभागका अनुसार उक्त तेलको उत्पादक सिद्धार्थ आयल इन्डस्ट्रिज, गुरबानिया, रुपन्देही रहेको छ । विभागले उपभोक्तालाई पनि उक्त ब्याच नम्बरको तेल खरिद तथा प्रयोग नगर्न आग्रह गरेको छ ।