५ श्रावण २०८३, मंगलवार
,
Latest
बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाडपर्वले आपसी सहिष्णुता र सद्भावको परम्परा कायम भइरहेको छ : सभापति थापा



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चाडपर्वहरूले समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको गौरवशाली परम्परा कायम भइरहेको बताउनुभएको छ ।

बकर इद (ईद–उल–अज्हा) का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको र यहाँ रहेका चाडपर्वले समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको गौरवशाली परम्परा कायम रहँदै आएको बताउनुभएको हो ।

“बकर इद पर्व नेपालीहरूबीच आपसी प्रेम, सद्भाव, सहकार्य र सामाजिक एकताको भावना अभिवृद्धि गर्दै सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु”, सभापति थापाले शुभकामना सन्देशमा उल्लेख गर्नुुभएको छ । रासस