५ श्रावण २०८३, मंगलवार
,
Latest
बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायल र हिजबुल्लाहबीच दक्षिण लेबनानमा झडप, १२ जनाको मृत्यु



अ+ अ-

बेरुत। इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच दक्षिण लेबनानको रणनीतिक महत्व बोकेको लितानी नदी क्षेत्रमा मङ्गलबार तीव्र झडप भएको छ ।

इजरायली सेना थप उत्तरतर्फ अघि बढ्दै गएपछि दुवै पक्षबीच तनाव झन् बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम पछिल्ला दिनहरूमा कमजोर बन्दै गएको देखिएको छ । यही अवस्थाले क्षेत्रीय शान्ति प्रयासलाई थप जटिल बनाएको विश्लेषण गरिएको छ । इरानले लेबनानमा जारी सङ्घर्ष अन्त्यसमेत समेटिने गरी व्यापक सम्झौता हुनुपर्ने अडान राख्दै आएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रक्षा अधिकारीहरूसँगको बैठकपछि लेबनानमा सैन्य कारबाही अझ विस्तार गरिने बताउनुभएको छ ।

उहाँले इजरायली सेना दक्षिण लेबनानका रणनीतिक क्षेत्रहरू नियन्त्रणमा लिन सक्रिय रहेको उल्लेख गर्दै उत्तरी सीमावर्ती बस्तीलाई हिजबुल्लाहको रकेट तथा ड्रोन आक्रमणबाट जोगाउन यस्तो कदम आवश्यक रहेको दाबी गर्नुभयो ।

यसैबीच, इजरायली सेनाले दक्षिण लेबनान र पूर्वी बेका क्षेत्रमा रातभर १०० भन्दा बढी हिजबुल्लाह लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको छ । ती आक्रमणमा हतियार भण्डारण स्थल, कमाण्ड केन्द्र तथा निगरानी चौकीहरू निशाना बनाइएको बताइएको छ ।

लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार, पूर्वी गाउँ मश्घारामा गरिएको एक हवाई आक्रमणमा एउटै परिवारका सदस्यसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनापछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको छ ।

दक्षिण लेबनानको अवस्था लगातार तनावपूर्ण बन्दै गइरहेको छ भने युद्धविराम पूर्ण रूपमा विफल हुने खतरा बढ्दै गएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन् । (रासस/एपी)