२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशसभाः विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल



अ+ अ-

गण्डकी। गण्डकी प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले मङ्लबार प्रदेशसभामा प्रस्तुत गरेको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको छ ।

सो छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरूले प्रदेशलाई थप सबल र आत्मनिर्भर बनाउने गरी नीति, कार्यक्रम तथा बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य जीतप्रकाश आलेले आत्मनिर्भर प्रदेशका लागि उत्पादकत्व र रोजगारी वृद्धिको लक्ष्यलाई बजेटका सिद्धान्त र प्राथमिकतामा समेटिनु सकारात्मक पक्ष रहेको बताउनुभयो ।

प्रदेश संरचनाको औचित्यबारे बेलाबेलामा प्रश्न उठ्ने गरेको भन्दै उहाँले त्यसलाई चिर्ने गरी प्रदेशसभा र प्रदेश सरकारले काम सम्पादन गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रदेशसभा सदस्य लिलबहादुर थापाले राजनीतिक सङ्घीयता मात्र नभई प्रशासनिक र वित्तीय सङ्घीयतालाई पनि सुदृढ गर्नुपर्ने बताउनुभयो । सङ्घीयताको सबलीकरणमा तीनै तहको समन्वय र सहकार्यमा उहाँले जोड दिनुभयो । प्रदेशसभा सदस्य सुशीला सिम्खडाले समाजमा गरिबी, बेरोजगारी र असमानता कायमै रहेको भन्दै त्यसलाई न्यूनीकरण गर्ने गरी बजेट तथा कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य पञ्चराम गुरुङले युवालाई नैतिक शिक्षा र उत्पादनसँग जोड्ने गरी बजेट निर्माण गर्नुपर्ने बताउनुभयो । कृषि उत्पादनसँगै बजारीकरणको सुनिश्चितता गर्नुपर्ने उहाँको भनाइ छ । प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापा, रेशमबहादुर जुग्जाली, गणेशमान गुरुङलगायतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिनुभएको थियो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आर्थिक मामिलामन्त्री शेरचनले प्रदेशसभा सदस्यहरूबाट उठेका सुझावलाई बजेट तथा कार्यक्रममा यथासम्भव समेट्ने प्रतिबद्धता जनाउनुभयो । नीति, कार्यक्रम र बजेटमा सरकारका प्राथमिकताका विषय थप स्पष्ट रूपमा आउने उहाँले बताउनुभयो ।

प्रदेश सरकारले उत्पादकत्व वृद्धि र रोजगारी सिर्जना गरी ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’को लक्ष्य हासिल गर्ने गरी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको छ । गरिबी निवारणमा टेवा पु¥याउने, नवप्रर्वतन, प्रविधिमैत्री र ‘स्टार्टअप’ आयोजना तथा कार्यक्रमलाई प्राथमिकता दिइने जनाइएको छ ।

प्रदेशमा लगानी आकर्षित एवं प्रवद्र्धन गर्न सरोकारवालाको सहभागितामा लगानी नीति तर्जुमा गरी सार्वजनिक निजी साझेदारीका सम्भाव्य क्षेत्रको पहिचान, लगानी ढाँचाको निर्धारण र स्वीकृत परियोजनालाई प्राथमिकताका आधारमा कार्यान्वयनमा लगिने भएको छ ।

आन्तरिक स्रोत र प्राप्त हुने सङ्घीय राजस्व तथा अनुदानको यथार्थपरक अनुमान गरी सन्तुलित बजेट निर्माणमा जोड दिइएको छ । प्रदेश आयोजना बैङ्कको सुदृढीकरण गरी आयोजना बैङ्कमा समावेश गरिएका आयोजनालाई बजेट विनियोजनमा प्राथमिकता दिइने जनाइएको छ ।

नवीनतम प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई छिटो, छरितो, पारदर्शी तथा नागरिकमैत्री बनाउँदै सेवाको लागत र समयलाई कम गरी प्रभावकारी सेवा उपलब्ध गराउन एकीकृत र नमूना ‘स्याटेलाइट’ कार्यालयको स्थापना गर्ने लक्ष्य राखिएको छ ।

कृषि क्षेत्रको व्यावसायिकीकरण, यान्त्रिकीकरण र बजारीकरण गरी उत्पादन एवम् उत्पादकत्व वृद्धिमा जोड दिइएको छ । रासस