अ
अ+
अ-
काठमाडाैँ । चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म देशमा काठ उत्पादन २ करोड १६ लाख क्यूबिक फिट पुगेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा २ करोड २० लाख क्यूबिक फिट काठ उत्पादन भएको थियो।
आर्थिक वर्ष २०८१/८२ मा निजी तथा राष्ट्रिय वनबाट कुल ३ करोड ९९ लाख ८५ हजार क्यूबिक फिट गोलिया काठ उत्पादन भएको थियो। यसै अवधिमा राष्ट्रिय वनबाट ५८ हजार ६ सय ११ चट्टा दाउरा उत्पादन भएको उल्लेख गरिएको छ।
चालु आर्थिक वर्षको फागुनसम्म भने २३ हजार २ सय ७९ चट्टा दाउरा उत्पादन भएको आर्थिक सर्वेक्षणमा जनाइएको छ।
न्यूजपोलार
१३ जेष्ठ २०८३, बुधबार १४:३३
न्यूजपोलार
१३ जेष्ठ २०८३, बुधबार १४:३३
१३ जेष्ठ २०८३, बुधबार १४:३३










