२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता

सराङकोटको सुनौलो सूर्योदय-फोटो फिचर

सराङकोटको सुनौलो सूर्योदय-फोटो फिचर
अ अ+ अ-

पोखरा । पर्यटकीय राजधानी पोखराको सराङकोटबाट देखिने मनमोहक सूर्योदयले पर्यटकहरूको आकर्षण थप बढाएको छ।

बिहानको समयमा हिमालको काखबाट उदाउँदै गरेको सूर्यको सुनौलो किरणले पोखरा उपत्यकालाई झनै रमणीय बनाएको दृश्य हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरूको उल्लेखनीय भीड लाग्न थालेको छ। विशेषगरी सूर्योदय अवलोकनका लागि प्रसिद्ध सराङकोटमा बिहानैदेखि पर्यटकहरूको उपस्थिति बाक्लिएको देखिन्छ।

यसैबीच भारतका विभिन्न राज्यहरूमा अत्यधिक गर्मी बढ्दै गएपछि नेपालका चिसो र प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्रहरू भारतीय पर्यटकहरूको रोजाइमा पर्न थालेका छन्। त्यसको प्रत्यक्ष प्रभाव पोखरामा देखिन थालेको व्यवसायीहरू बताउँछन्। पछिल्ला दिनहरूमा होटल, रेस्टुरेन्ट, पर्यटन व्यवसाय तथा यातायात क्षेत्रमा भारतीय पर्यटकहरूको संख्या बढ्दै गएको छ।

होटल अन्नपूर्ण भ्यू, सराङकोटका अप्रेशन म्यानेजर मनमोहन रिमालले यति बेला सराङकोटका पर्यटकहरुको राम्रो उपस्थिती रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो “सूर्योदयसंगै अन्य साहसिक पर्यटनका क्षेत्रहरु प्याराग्लाईडिङ ,जिपलाईन लगायत खेलको लागि पनि सराङकोट पहिलो रोजाईमा पर्ने गरेको छ ।”  पोखरा सहरको गर्मी छल्न पनि धेरै आन्तरिक तथा बाह्य पर्यटक सराङकोट आउने गरेको उहाँले जानकारी दिनुभयो ।

रिमालले भन्नुभयो ‘होटलहरूको बुकिङ दर बढ्न थालेको छ र पर्यटन बजारमा उत्साह थपिएको  छ। आगामी दिनमा मौसम अनुकूल रहे पर्यटन गतिविधि अझै बढ्ने छ।”

पोखराका सराङकोट, फेवाताल, डेविस फल, गुप्तेश्वर गुफा, बेगनास ताल, विश्व शान्ति स्तूप, बिन्द्यवासिनी मन्दिरलगायतका प्रमुख पर्यटकीय स्थलहरूमा आन्तरिक तथा भारतीय पर्यटकहरूको चहलपहल उल्लेखनीय रूपमा बढेको छ। धेरै पर्यटकहरू परिवारसहित घुम्न आउने गरेका छन् भने केही साहसिक पर्यटन गतिविधिमा समेत सहभागी हुने गरेका छन्।

पर्यटन व्यवसायीहरूका अनुसार गर्मीयाम सुरु भएसँगै भारतीय पर्यटकको आगमनले होटल तथा पर्यटन व्यवसायमा सकारात्मक प्रभाव परेको छ। होटलहरूको बुकिङ दर बढ्न थालेको र पर्यटन बजारमा उत्साह थपिएको उनीहरूको भनाइ छ। आगामी दिनमा मौसम अनुकूल रहे पर्यटन गतिविधि अझै बढ्ने अपेक्षा गरिएको छ।

प्राकृतिक सौन्दर्य, हिमालको मनोरम दृश्य, तालहरूको शान्त वातावरण र सुहाउँदो मौसमका कारण पोखरा नेपालीसँगै विदेशी तथा भारतीय पर्यटकहरूको प्रमुख गन्तव्यका रूपमा अझै आकर्षक बन्दै गएको देखिएको छ।

तस्बिरः प्रदिपराज वन्त, रासस