११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाश कोइरालाका ५ मुक्तक



अ+ अ-

१.
समयको वहावसँग बहन नसक्नुनै नियतिको खेल रहेछ
हृदयको धड्कावसँग रहन नसक्नुनै पिरतिको झेल रहेछ
मस्तिष्कका तन्तुसँगका चेतना संवेदना छचल्किन्छन् जताततै
नयनको स्वभावसँग सहन नसक्नुनै संगतिको मेल रहेछ!
२.
नहाँसेरै हाँस्नुमा,नबाँचेरै बाँच्नुमा पीडा धेरै हुन्छ
नसाँचेरै साँच्नुमा,नभाँचेरै भाँच्नुमा पीडा धेरै हुन्छ
सत्य र असत्यको भ्रमित संयोजनमा लट्टाउँछन् आँखा
नराखेरै राख्नुमा, नजाँचेरै जाँच्नुमा पीडा धेरै हुन्छ !!
३.
रात र दिनको बीचमा कुन बिहान हुन्छ?
मृत्यु-जीवनको बीचमा कुन चिहान हुन्छ ?
तत्व र सत्यको संसार जाली चक्रव्युहमा
पाउ र माथको बीचमा कुन सिह्रान हुन्छ ?
४.
ओखतीले छुँदैछुन्न मुटु दुखेपछि
आत्मा निको हुँदैहुन्न मुटु दुखेपछि
यादले गाँजेर सताउँछ,घरिघरि दुख्छ
नयन सुख्खा हुँदैहुन्न मुटु दुखेपछि
५.
कालापानीको निहुँमा नालापानी दोहोरिन सक्छ
यी गोर्खालीको रगतमा हानाहानी नरोकिन सक्छ
स्वाभिमानीको आत्मामा जानाजानी ठेस नपुर्याउनु
घातीवैरीको गर्धनमा हावापानी नसोचिन सक्छ !!!!!


प्रकाश कोइराला
गोलन्जोर-६, सिन्धुली
२०७६/०७/२२, शुक्रबार

(प्रकाश काेइरालाकाे फेसबुकबाट साभार)