२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यागमन विभागमा ‘डिजिटल टाइम कार्ड’ लागू, अब अनलाइनबाटै आवेदन ट्रयाक गर्न सकिने



अ+ अ-

काठमाडाैँ । अध्यागमन विभागले ‘डिजिटल टाइम कार्ड’ कार्यान्वयनमा ल्याएको छ ।

सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्र्याकिङ योग्य तथा पारदर्शी बनाउने उद्देश्यले कार्यान्वयनमा ल्याइएको ‘डिजिटल टाइम कार्ड’सेवाको बिहीवार एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको हो । सरकारले गत १३ चैतमा सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधार सम्बन्धी घोषणाअनुसार सञ्चालनमा ल्याइएको विभागले जनाएको छ ।

शुभारम्भ कार्यक्रममा बोल्दै अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सेवाग्राहीको आवेदनको रियल टाइममा जाँच कार्य सम्पन्न हुने लाग्ने अनुमानित समय लगायतारे जानकारी दिन रियल टाइम कार्ड लागू गरिएको बताउनुभयो । अब कुनैपनि नागरिकले आफूले लिन चाहेको सेवाबारे जानकारी लिन कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य हुने समेत उहाँले दाबी गर्नुभयो उहाँका अनुसार टाइम कार्ड लागू भएसँगै विभागमा कार्यरत कर्मचारीको जिम्मेवारी र जवाफदेहिता थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सेवाग्राहीले विभागबाट एप्लाई गरेको जुनसुकै सेवाको स्टाटस के छ ? त्यो काम सकिन अब कति समय लाग्छ ? भन्नेबारे जानकारी दिने भएकोले यो प्रणाली लागू भएसँगै सेवाग्राहीको समयको समेत बचत हुनेछ । अनि विभागमा कार्यरत कुन कर्मचारीले कति काम गर्यो ? कति जनालाई सेवा दियो भन्ने कोणबाट समेत प्रशासनिक रुपमा निगरानी गर्न सकिन्छ ।’

विभागका प्रत्येक शाखाका प्रतिक्षालयमा राखिएको क्यूआर स्क्यान गरेर आफ्नो आवेदन ट्रयाक गर्न सकिने समेत उहाँले बताउनु भयो ।




भर्खरै