३१ श्रावण २०८३, आईतवार
,
Latest
भारतीय स्थल सेनाध्यक्ष सेठ ४ दिने नेपाल भ्रमणमा आउँदै जाजरकोट पहिरोः मृत्यु हुनेकाे सङ्ख्या ४ पुग्याे मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी भदौमा अधिकांश वाणिज्य बैंकको निक्षेप ब्याजदर स्थिर, पाँच बैंकले घटाए इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी इन्डोनेसियाको भूकम्पमा जनधनको क्षतिप्रति परराष्ट्रमन्त्री खनालद्वारा दुःख व्यक्त जाजरकोेट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता बालेनप्रति ओलीको कटाक्ष– मादल बजाउन नजान्नेलाई मादल दिँदा राम्रो संगीत निस्कँदैन बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ? स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रिटिश गोरखा सैनिक र उनीहरूका सन्ततिको नागरिकता सुनिश्चित गर्न सांसद लिम्बूको माग



अ+ अ-

काठमाडाैँ । श्रम संस्कृति पार्टीका सांसद पूर्णबहादुर लिम्बूले ब्रिटिश गोरखा सैनिक र उनीहरूका सन्ततिको नेपाली नागरिकताको निरन्तरताका लागि संविधान संशोधन गर्न माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद लिम्बूले यस्तो माग राख्नुभएको हो । सांसद लिम्बूले विगत दुई दशकदेखि ब्रिटिश गोरखा सैनिक र उनीहरूका सन्ततिले नेपाली नागरिकताको निरन्तरताका लागि अभियान सञ्चालन गरिरहेको स्मरण गराउनु भयो ।

सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन लागेको सन्दर्भमा संविधानको धारा १४ मा आवश्यक उपधारा थप गरी गोर्खा सैनिक र उनीहरूका सन्तानको वंशजको नागरिकता कायम राख्ने व्यवस्था मिलाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘ब्रिटिश गोरखा सैनिक र उनीहरूका सन्तानको नैसर्गिक अधिकारलाई संविधानमा सुनिश्चित गर्न म सरकारसमक्ष जोडदार माग गर्दछु ।’

सांसद लिम्बूले वर्षौँदेखि समान पेन्सन र अन्य सेवा सुविधाको माग गर्दै आन्दोलनरत भूपू सैनिकहरूको समस्या समाधानका लागि प्रभावकारी कुटनीतिक पहल गर्न समेत आग्रह गर्नुभएको छ । उहाँले बेलायत सरकारसँगको वार्ता र कुटनीतिक संवादमा सरकार बढी सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।