२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् जोखिम न्युनिकरणका लागि पूर्वतयारी आवश्यक : मुख्यमन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नदी तथा ताल क्षेत्रमा हुने सम्भावित दुर्घटना न्युनिकरणका लागि समुदाय स्तरमा नियमित सचेतना र पूर्वतयारी आवश्यक रहेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्की र सुरक्षा निकायहरूको संयुक्त आयोजनामा पोखरामा सम्पन्न कृत्रिम उद्धार अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो धारणा राखेका हुन्। उनले विपदको समयमा हुने मानवीय र भौतिक क्षति कम गर्न पूर्वसूचना प्रणाली, प्रभावकारी समन्वय र नियमित अभ्यासले महत्वपूर्ण भुमिका खेल्ने उल्लेख गरे ।

यस्ता जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले विपद व्यवस्थापन र न्युनिकरणका कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको उनले स्पष्ट पारे । नेपालको पर्यटकीय राजधानी पोखरा तालैतालको शहरका रूपमा परिचित रहेको स्मरण गराउँदै मुख्यमन्त्रीले तालहरूले पर्यटन र आर्थिक गतिविधिमा ठूलो योगदान पु¥याएको बताए।

साथै पर्यटकीय क्षेत्रमा हुने सम्भावित दुर्घटनाहरू रोक्न र नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायहरूको तत्परता र उद्धार क्षमता अभिवृद्धि हुनुपर्नेमा उनले जोड दिए ।

मुख्यमन्त्री पाण्डेले भने, “गण्डकी प्रदेश प्राकृतिक रूपमा जति सुन्दर छ, भौगोलिक बनावटका कारण त्यति नै संवेदनशील पनि छ । विविध भूगोल, नदी र तालतलैयाका कारण यहाँ बर्सेनि बाढी, पहिरो, डुबान र हावाहुरी जस्ता प्राकृतिक प्रकोपको जोखिम बढ्दो छ ।”

सम्भावित विपद्को समयमा तत्काल उद्धार कार्यमा खटिने सुरक्षा निकाय र सरोकारवालाहरूको मनोबल उच्च बनाउन यस्ता कृत्रिम अभ्यासहरू प्रभावकारी हुने उनको विश्वास छ ।