३१ श्रावण २०८३, आईतवार
,
Latest
सडक जोगाउन ‘एक्सल लोड’मा कडाइ, ओभरलोड ट्रकलाई पाँच लाखसम्म जरिवाना नागको चित्र, गाईको गोबर र दुबोको सुवासमा गुञ्जिएको सनातन आस्था र अष्टनागको महिमा (तस्बिरहरु) मुलुक रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक आन्दोलन आवश्यक : परराष्ट्रमन्त्री खनाल भारतीय स्थल सेनाध्यक्ष सेठ ४ दिने नेपाल भ्रमणमा आउँदै जाजरकोट पहिरोः मृत्यु हुनेकाे सङ्ख्या ४ पुग्याे मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी भदौमा अधिकांश वाणिज्य बैंकको निक्षेप ब्याजदर स्थिर, पाँच बैंकले घटाए इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी इन्डोनेसियाको भूकम्पमा जनधनको क्षतिप्रति परराष्ट्रमन्त्री खनालद्वारा दुःख व्यक्त जाजरकोेट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

छैटौँ मिल्स गोल्डकप फुटबल प्रतियोगिता यही जेठ ९ देखि



अ+ अ-

मोरङ। मिल्स गोल्डकप फुटबल ट्रस्ट रानी विराटनगरद्वारा यही जेठ ९ गतेदेखि १६ गतेसम्म छैटौँ ‘मिल्स गोल्डकप फुटबल प्रतियोगिता–२०८३’ सञ्चालन गर्ने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगर जुट मिल्सको खेल मैदानमा कोशी प्रदेशका ‘क’ श्रेणीका आठ फुटबल टिमहरुले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

प्रतियोगितामा कनकाई स्पोर्टिङ क्लब भापा, ब्रदरहुड फुटबल क्लब उदयपुर, एपीएफ पकली, टी डब्लु वाईसी विराटनगर, लेटाङ फुटबल क्लब, कोशी प्रदेश प्रहरी कार्यालय रानी, इनरुवा फुटबल क्लब सुनसरी र लालीगुराँस स्पोर्टिङ क्लब मिल्स एरिया सहभागी हुनेछन् ।

ट्रस्टका अध्यक्ष विष्णु डङ्गोलले स्थानीयस्तरका युवाहरूमा फुटबलप्रति आकर्षण जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । प्रतियोगिताका विजेता टोलीले दुई लाख एक हजार १११ रुपैयाँसहित ट्रफी पाउने छन् भने उपविजेता टोलीले एक लाख एक हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी चार वटा विधागत पुरस्कारबापत तीन हजार १०० रुपैयाँ र प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई दुई हजार ५०० रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न १० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको प्रतियोगिताका संयोजक अमृत गुरुङले जानकारी दिनुभयो । रासस