२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले २२ वर्षपछि जित्यो प्रिमियर लिगको उपाधि



अ+ अ-

काठमाडौँ। आर्सनलका समर्थकहरूका लागि अन्तत: प्रिमियर लिगको उपाधि जित्ने २२ वर्ष लामो र कठिन पर्खाइ समाप्त भएको छ ।

मंगलबार राति म्यानचेस्टर सिटी आफ्नो महत्त्वपूर्ण खेलमा बर्नमाउथसँग बराबरीमा रोकिएसँगै आर्सनल च्याम्पियन घोषित भएको हो ।

सिटीलाई उपाधि दौड अन्तिम खेलसम्म पुर्‍याउन जित आवश्यक थियो । तर, बोर्नमाउथका जुनियर क्रुपीले पहिलो हाफमा गोल गरेपछि सिटी दबाबमा परेको थियो । अतिरिक्त समयमा अर्लिङ हालान्डले बराबरी गोल गरे पनि जित निकाल्न नसक्दा आर्सनलको उपाधि सुनिश्चित भएको हो ।

प्रशिक्षक मिकेल आर्टेटाको नेतृत्वमा आर्सनलले सन् २००३–०४ पछि पहिलोपटक लिग जितेको हो । त्यसबेला प्रशिक्षक आर्सेन वेङ्गरको नेतृत्वमा टोली अपराजित रहँदै च्याम्पियन बनेको थियो ।