२५ जेष्ठ २०८३, सोमबार
,
Latest
साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा बाढी र पहिरोको कहर, ८ जनाको मृत्यु



अ+ अ-

बेजिङ। चीनमा लगातार परेको अविरल वर्षाका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

दक्षिणी तथा मध्य क्षेत्रका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हुनान प्रान्तमा आइतबारदेखि मङ्गलबारसम्म परेको भारी वर्षाले ४ जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् । हजारौं मानिस प्रभावित भएका छन् ।

त्यस्तै, गुइझोउ प्रान्तमा बाढी र पहिरोका कारण थप ४ जनाको मृत्यु भएको छ भने ५ जना अझै बेपत्ता छन् । उद्धार टोलीले खोज तथा राहत कार्य जारी राखेको छ ।

स्थानीय प्रशासनले हजारौं नागरिकलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ । बाढीले घर, सडक तथा पूर्वाधारमा व्यापक क्षति पु¥याएको छ ।

चीन सरकारले राहत तथा उद्धार कार्यका लागि १२ करोड युआन सहायता उपलब्ध गराएको जनाएको छ । (रासस/सिन्ह्वा)