२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको आश्वासनः आदिवासी जनजातिहरुको नेतृत्व र प्रतिनिधित्वको सवाललाई सम्बोधन हुनेगरी पहल हुन्छ



अ+ अ-

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आदिवासी, जनजातिहरुको नेतृत्व र प्रतिनिधित्वको सवाललाई उचित ढंगले सम्बोधन हुने गरी पहल गर्ने प्रतिवद्धता जनाएको छ ।

आईतवार पार्टी मुख्यालय सानेपामा पुगेका नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारीहरुले बुझाएको अडान पत्र ग्रहण गर्दै पार्टीकी उपसभापति पुष्पा भुसालले सो प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले नेपालको संविधानले नै आदिवासी जनजातिहरुको प्रतिनिधित्व सवाललाई सुनिश्चित गरेकाले उनीहरुले पार्टीभित्र र सरकारमा पनि उचित प्रतिनिधित्व र नेतृत्वको लागि पनि काँग्रेसले संसदभित्र र बाहिर पनि पहल गर्ने बताउनु भयो । उपसभापति भुसालले काँग्रेसले संविधान संशोधनबारे स्पष्ट दृष्टिकोण बनाउन गइरहेको उल्लेख गर्दै त्यसमा आदिवासी जनजातिहरुको अधिकारको सवाललाई गम्भिरतापूर्वक अघि बढाउने आश्वासनसमेत दिनुभयो ।

उक्त अवसरमा महासंघका महासचिव विमल सारुमगरले आदिवासी जनजातिहरुको मुद्दालाई गम्भिरतापूर्वक अघि बढाउनका लागि राजनीतिक दल र सरकारलाई आफूहरुको अडान र माग राखिएको बताउनु भयो ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै