३१ श्रावण २०८३, आईतवार
,
Latest
बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै गृहमन्त्री गुरुङद्वारा गोरखाका मतदातासँग भेटघाट, स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए



अ+ अ-

काठमाडाैँ । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका ७५१ घरटहरा हटाएको छ । करिब चार दिनको अवधिमा कोहलपुर नगरपालिका–११ स्थित क्रिकेट मैदान नजिकै अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाइएको हो । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आर्चायले अधिकांशले आफ्ना, झ्याल, ढोकाजस्ता सामग्री आफैँ लिएर गएको जानकारी दिँदै त्यहाँ बाँकी रहेका घरटहरा हटाइएको बताउनुभयो ।

उहाँले वास्तविका सुकुमवासीलाई नगरपालिकाले जीवन निर्वाह भत्ता दिएर भए पनि व्यवस्थापन गर्ने जानकारी दिँदै ‘होल्डिङ सेन्टर’मा बस्नेहरू पनि घट्दै गएको जानकारी दिनुभयो । बस्ती भत्काउने विषय रहरको विषय नभएको उल्लेख गर्दै नगरप्रमुख आर्चायले आधारभूत आवश्यक्ता पूरा गर्ने उद्देश्यले पहिलो दिन झूल वितरण गरिएको र २५ केजी चामल, पाँच केजी दालसहित खाद्यान्नको करिब रु पाँच लाख बराबरको ‘प्याकेज’ बनाएर तयारी अवस्थामा थियो तर, वितरणमा थप कठिनाइ भएपछि त्यसलाई स्थगन गरेर सूचना प्रकाशन गरिएको बताउनुभयो । हाल नगरपालिकालाई १०२ घरको विवरण प्राप्त भएको छ ।

उहाँले भन्नुभयो, “वास्तविक सुकुमवासीलाई सम्भव भए कुनै जग्गाको व्यवस्थापन गरिनेछ, भएन भने कार्यविधि बनाएर उनीहरूलाई जीवन निर्वाह भत्ता प्रदान गरिने छ ।” कोहलपुर नगरपालिकाले वडा नं ११ स्थित क्रिकेट मैदान आसपास रहेको सुकुमवासी बस्तीमा डोजर चलाएर बस्ती हटाएपछि प्रभावित परिवारलाई कोहलपुर नयाँ बसपार्क भवनमा अस्थायी रूपमा राखिएको छ । होल्डिङ सेन्टरमा बसिरहेका धेरै परिवारले आफूहरूसँग कुनै घरजग्गा नरहेको र अब भविष्य के हुने भन्ने चिन्ता बढेको बताएका छन् । “कहिलेसम्म यसरी बस्नुपर्ने हो थाहा छैन,” होल्डिङ सेन्टरमा बस्नुभएका प्रेम विकले भन्नुभयो ।

कोहलपुर नगरपालिकाले बसपार्क भवनका तीन तलामा परिवारको सङ्ख्याअनुसार समूहगत रूपमा राखेको छ । दैनिक ज्यालादारी श्रम गरेर जीविकोपार्जन गर्दै आएका अधिकांश परिवारको अन्नपात सकिन लागेको र खाद्यान्न सङ्कट देखिन थालेको प्रभावितहरूले बताएका छन् । नगरपालिकाले कम्तीमा रासनपानीको व्यवस्था गरिदिए राहत हुने उनीहरूको आग्रह छ । केही महिला सुकुमवासीले महिला र पुरुष एकै हलमा सामूहिक रूपमा बस्नुपर्दा असहजता र गोपनीयताको समस्या भइरहेको बताएका छन् । त्यहाँ बसोबास गर्ने अधिकांश दलित र मधेसी समुदायका छन् । सो सेन्टरमा २७९ जना रहेका छन् ।

त्यसमा करिब ६० जना बालबालिका छन् । यसमध्ये पनि होल्डिङ सेन्टरमा बस्ने परिवार घट्दै गएको नगरपालिकाले जनाएको छ । यसैबीच, बाँकेका विभिन्न मानवअधिकार तथा कानुनी क्षेत्रसँग सम्बन्धित अधिकारकर्मीहरूले कोहलपुर नगरपालिकाले स्थापना गरेको होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेका छन् । सार्वजनिक सरोकार कानुन व्यवसायी समूहका संयोजक वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठको टोलीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीका विषयमा जानकारी लिएको छ ।

सो टोलीले कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य, नगरपालिका ईश्वरीप्रसाद विक र भूमि समस्या समाधान आयोग बाँकेका पूर्वअध्यक्ष घननाथ खनालसँग भेटघाट गरी घटनासम्बन्धी जानकारी लिएको छ । बाँकेमा ५३ हजार ७०० भन्दा बढी परिवार सुकुमवासी छन् । सुकुम्वासी आयोग विघटन भएसँगै पुर्जा वितरण, नापजाँच र राजस्व सङ्कलन लगायतका काम ठप्प हुँदा थप अन्योल देखिएको छ ।