३१ श्रावण २०८३, आईतवार
,
Latest
न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना



अ+ अ-

काठमाडाैँ । ट्राफिक प्रहरी कार्यालय पर्साको अगुवाइमा विश्व सडक सुरक्षा सप्ताह २०२६ अन्तर्गत आज यहाँ जनचेतनामूलक कार्यक्रम गरिएको छ । सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि आज वीरगञ्जको माईस्थान–घण्टाघर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम गरिएको हो ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख युवराज कटवालले सवारी दुर्घटनालाई न्यूनीकरण गर्दै साइकलयात्री तथा रिक्साचालकलाई लक्षित गरेर जनचेतनामूलक कार्यक्रम गरेको बताउनुभयो । “सवारी दुर्घटना परेर ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ ।

त्यसैले यस्ता जनचेतनामूलक कार्यक्रम गरेर सवारी दुर्घटना न्यूनीकरण गर्नेतर्फ लागिरहेका छौँ,” उहाँले भन्नुभयो, “कार्यालयले ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेका छौँ । विद्यालय–विद्यालयमा पुगेर पनि ट्राफिक जनचेतना कार्यक्रम गर्दै आइरहेका छौँ ।” सो कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ता÷श्रीपुर र वीरगञ्ज युवा समाजको समन्वयमा सो सचेतनामूलक कार्यक्रम सहभागी भएका थिए ।