११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन हुने

गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन हुने
अ अ+ अ-

कञ्चनपुर। अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय सञ्चालनको समय परिवर्तन गरेका छन् ।

कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै सामुदायिक तथा संस्थागत विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

कृष्णपुर नगर कार्यपालिकाको बैठकले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेको छ । नगर प्रमुख हेमराज ओझाका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ र लेटर ग्रेडिङ निर्देशिका, २०८३ बमोजिम पाठ्यघण्टा नघट्ने तथा नगरभरिका विद्यालयमा एकरूपता कायम हुनेगरी व्यवस्था लागू गरिएको हो ।

“बिहानी सत्रमा जाँदा हुनसक्ने समय व्यवस्थापन तथा पाठ्यक्रम प्रारूपले तोकेको ‘क्रेडिट आवर’ पूरा गर्न नगरपालिकाभित्रका सम्पूर्ण विद्यालय आइतबार पनि सञ्चालन गर्ने निर्णय गरेका छौँ”, नगर प्रमुख ओझाले भन्नुभयो, “विद्यार्थीको पठनपाठन, शैक्षिक गतिविधि, परियोजना तथा प्रयोगात्मक कार्यलाई प्रभावकारी बनाउन आइतबारसमेत नियमित कक्षा सञ्चालन गरिनेछ ।”

शुक्लाफाँटा नगरपालिकामा पनि बढ्दो गर्मीका कारण यही जेठ ४ गतेदेखि बर्खे बिदासम्म विद्यालय बिहानी सत्रमा सञ्चालन हुने भएका छन् । अभिभावक, शिक्षक तथा विद्यार्थीको मागअनुसार नगर शिक्षा समितिको बैठकले समय परिवर्तन गर्ने निर्णय गरेको हो ।

यसअघि बिहान १०ः०० बजेदेखि सञ्चालन हुँदै आएका विद्यालय अब बिहान ७ः०० बजेदेखि सुरु भई दिउँसो १ बजेर १५ मिनेटसम्म सञ्चालन हुनेछन् ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख टीकेन्द्रराज भट्टका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीमा थकान, टाउको दुख्ने तथा ध्यान केन्द्रित गर्न कठिनाइ हुने समस्या देखिन थालेपछि बिहानी सत्र सञ्चालन गर्ने निर्णय गरिएको हो ।

शिक्षा शाखाका शिक्षा अधिकृत सुरेश भट्टले समय परिवर्तन भए पनि राष्ट्रिय पाठ्यक्रम प्रारूप तथा लेटर ग्रेडिङ निर्देशिका अनुसार पाठ्यघण्टा नघट्ने गरी नियमित पठनपाठन र शैक्षिक गतिविधि सञ्चालन गरिने जानकारी दिनुभयो । रासस