११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड
अ अ+ अ-

काठमाडौँ। नेपाललाई विश्वस्तरीय आरोग्य (वेलनेश) पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल पर्यटन बोर्डमा आज आयोजित ‘वेलनेस पर्यटन’ विषयक अन्तक्र्रियामा नेपाललाई विश्वस्तरीय वेलनेस पर्यटन गन्तव्यका रुपमा विकास गर्न मौलिकता, संस्कृति, प्रकृति र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सरकारले वेलनेस पर्यटन रणनीति कार्यान्वयन गरिरहेको बताउनुभयो । उहाँले सन् २०२७ लाई वेलनेस पर्यटन वर्षका रुपमा घोषणा गरिसकेकाले अन्तरक्रियाले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

“आजको प्रस्तुति र अन्तरक्रियाबाट प्राप्त मूल्यवान् सुझावले आगामी योजना निर्माणमा सहयोग पुर्‍याउने विश्वास लिएको छु”, उहाँले भन्नुभयो । नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले विश्वव्यापी वेलनेस यात्राका लागि नेपाल प्राकृतिक रूपमा अनुपम गन्तव्य भएको बताउनुभयो ।

“नेपालले प्रकृति, संस्कृति र साहसिक अनुभवमार्फत विश्वलाई प्रेरणा दिनसक्छ, नेपालको संस्कृति र प्रकृति नै आरोग्य पर्यटनका लागि उत्कृष्ट स्रोतहरु हुन्”, उहाँले भन्नुभयो ।

कार्यक्रममा हङ्कङ पोलिटेक्निक विश्वविद्यालयअन्तर्गतको स्कुल अफ होटल एण्ड टुरिजम म्यानेजमेन्टका सहायक डिन प्रा डा डेनिज क्युचकुस्ताले विश्वभरका पर्यटक अहिले उपचार, आत्मिक सन्तुलन र अर्थपूर्ण अनुभवको खोजीमा यात्रा गरिरहेको भन्दै नेपाल वेलनेस पर्यटनको नेतृत्व गर्न प्राकृतिक रूपमा सक्षम रहेको बताउनुभयो ।

“नेपालले वेलनेस आविष्कार गर्न आवश्यक छैन, यसलाई व्यवस्थित मात्र गर्नुपर्नेछ”, उहाँले भन्नुभयो । योग गुरु डा प्रकाश आचार्यले योग केवल व्यायाममात्र नभई समग्र जीवनशैली भएको बताउनुभयो । सो अन्तरक्रियाको सुरुआत ध्वनी चिकित्सा सत्रबाट गरिएको थियो । रासस