४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

नीति तथा कार्यक्रममाथि छलफल सुरु, प्रधानमन्त्री सहभागी नहुने

नीति तथा कार्यक्रममाथि छलफल सुरु, प्रधानमन्त्री सहभागी नहुने
अ+ अ-

काठमाडौं: सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । तर सभामा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित भएर जवाफ नदिने भएका छन् ।

प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नको जवाफ दिने संसदको कार्यसूचीमा उल्लेख छ ।

कार्यसूचीमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीको तर्फबाट माननीय अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सम्माननीय राष्ट्रपतिले २०८३ वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ।व। २०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुने ।’

वार्षिक नीति तथा कार्यक्रमको छलफलमा ३१ जना सांसदले भाग लिने गरी संशोधन प्रस्ताव पेस गरेका छन् । उनीहरुले नीति तथा कार्यक्रमका सन्दर्भमा आफ्ना सुझाव र प्रतिक्रिया राख्नेछन् ।

छलफलमा भाग लिँदै एमालेका सांसद गणेश ठगुन्नाले कालापानी, लिपुलेक र लिम्पियाधुराका सन्दर्भमा नीति तथा कार्यक्रमले राम्रोसँग सम्बोधन गर्न नसकेको भन्दै उक्त क्षेत्रमा बसोबास गर्ने नेपालीका लागि नेपाल सरकारले शिक्षा, खानेपानी, स्वास्थ्य लगायतका प्रबन्ध गर्न माग गर्नुभयो ।

यस्तै, एमालेकै सांसद अर्जुन कार्कीले नेपालले आफ्नो कुटनीतिक परिचालन मार्फत वैदेशिक सहायता जुटाउन थप परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

नीति तथा कार्यक्रम आजै पारित गर्ने कार्यक्रम छ ।