३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, क्यूआर भुक्तानी सबैभन्दा अगाडि



अ+ अ-

काठमाडाैँ । नेपालमा विद्युतीय कारोबारको प्रयोग तिब्र रूपमा बढ्दै गएको देखिएको छ । २०८२ चैत मसान्तसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोडमार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि भएको तथ्यांकले देखाएको हो ।

नेपाल राष्ट्र बैंककाअनुसार २०८२ चैत मसान्तसम्म डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड ३ लाख कारोबारमार्फत रु. ८० अर्ब ९ करोड बराबरको कारोबार गरेका छन् । त्यसैगरी, मोबाइल बैंकिङमार्फत ७ करोड ४४ लाख कारोबार हुँदा रु. ६ खर्ब १८ अर्ब ७१ करोड बराबरको कारोबार भएको छ । मोबाइल बैंकिङ अहिले दैनिक आर्थिक गतिविधिको प्रमुख माध्यम बन्दै गएको देखिन्छ ।

यता, क्यूआर कोड भुक्तानी प्रणाली पनि तीव्र रूपमा विस्तार भइरहेको छ । तथ्यांकअनुसार ५ करोड ४६ लाख कारोबारमार्फत रु. १ खर्ब ५३ अर्ब ४७ करोड बराबरको कारोबार भएको छ ।