१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेस प्रदेश २ सभापतिमा देउवा पक्षीय कृष्ण यादव विजयी



अ+ अ-

जनकपुरधाम — नेपाली कांग्रेस प्रदेश २ सभापतिमा शेरबहादुर देउवा पक्षबाट उम्मेदवार बन्नु भएका कृष्ण प्रसाद यादव विजयी हुनु भएको छ । यादवले ९९६ मत ल्याएर विजयी हुनु भएको हो । सभापतिका अर्का प्रत्यासी  रामसरोज यादवले ८५५ मत प्राप्त गर्नु भएको थियो ।

विमलेन्द्र निधि र शेखर कोइराला समूहबाट रामसरोज यादव प्रतिस्पर्धामा हुनुहुन्थ्यो । उहाँ प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री समेत हुनुहुन्छ । महाधिवेशनपछि सभापति देउवाविरुद्ध निधि र कोइरालाले गठबन्धन बनाए पनि सफल भएन ।

खासगरी चुनावमा विमलेन्द्र निधिका लागि यो चुनाव निकै महत्वपूर्ण ठानिएको थियो । आफ्नै गृह प्रदेशमा रामसरोजको पराजयले निधिमाथि थप चुनौती थपिएको छ । नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसक्दा प्रदेश २ को अधिवेशन भने समय अभावका कारण स्थगित भएको थियो ।