काठमाडाैँ । प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बैठक व्यवस्थापन तथा कार्य सहजीकरणका लागि संसदीय उपसमिति गठन गरेको छ ।
मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले संसदीय उपसमिति गठन गरेको हो । समिति सभापति रहबर अन्सारीले उपसमिति नितान्त बैठक व्यवस्थापन र कार्य सहजीकरणका लागि गठन गरिएको बताउनु भयो । उहाँकाअनुसार उपसमितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रभा कार्की, हरिमोहन भण्डारी र प्रकाश पाठक सदस्य रहनुभएको छ । यस्तै, नेपाली काँग्रेसबाट टेक बहादुर गुरुङ, नेकपा (एमाले)बाट कृपाराम राना तथा नेपाल कम्युनिष्ट पार्टीबाट निराशा चौधरी सदस्य तोकिनुभएको छ ।
सभापति अन्सारीले उपसमितिले आगामी बैठकहरूको व्यवस्थापन, कार्यसूची समन्वय तथा समितिको कामलाई प्रभावकारी बनाउने विषयमा भूमिका खेल्ने बताउनु भयो ।











