११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन
अ अ+ अ-

म्याग्दी। धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको छ ।

छन्त्याल र दलित समुदायको बसोबास रहेको परम्परागत ढुङ्गे घरहरू गुजमुज्ज मिलेर बसेको गुर्जा गाउँमा चलचित्र ‘सारथी’को छायाङ्कन सुरु गरिएको हो ।

सदरमुकाम बेनीदेखि सबैभन्दा टाढाको दूरीमा जिल्लाको अन्तिम बस्तीका रूपमा रहेको गुर्जामा यसअघि विभिन्न म्युजिक भिडियोको छायाङ्कन गरिएको भए पनि चलचित्रको छायाङ्कन थालिएको भने पहिलो पटक हो । गुर्जा र चुरेन हिमाल अवस्थित गुर्जामा रहेको प्राकृतिक, सांस्कृतिक र परम्परागत जनजीवनको पाटोलाई समेत समेटेर चलचित्रका दृश्य खिच्न थालिएको छ । सामाजिक कथावस्तुमा आधारित सारथी चलचित्रको निर्माण टोली दुई सातादेखि गुर्जामै बसेर चलचित्र निर्माणका लागि कलाकारहरूको अभिनय छायाङ्कन गरिरहेको प्रमुख निर्माता तारा थापाले बताउनुभयो ।

फिल्म निर्माणका लागि करिब ६० जनाको समूह गुर्जा पुगेको छ । गुर्जाको मुख्य बस्ती, देउराली डाँडालगायत क्षेत्रमा दृश्य छायाङ्कनको काम भइरहेको छ । उत्तम प्रधान, निरुता सिंह, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसीलगायत नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारको अभिनय रहने यस चलचित्रमा गुर्जाकै कलाकार गिरी विश्वकर्मासहित गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मालगायतका नयाँ कलाकारको पनि अभिनय रहने प्रमुख निर्माता थापाले बताउनुभयो ।

यस चलचित्रको अधिकांश दृश्य गुर्जा वरपर नै छायाङ्कन गरिने निर्देशक कुमार गजुरेलले जानकारी दिनुभयो । गुर्जाकै सामाजिक विषयलाई कथावस्तु बनाएर तयार गर्न लागिएको यस चलचित्रको माध्ययमबाट गुर्जामा लुकेर रहेको पर्यटन सम्भावनालाई समेत विश्वमाझ परिचित गराउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।

“केही वर्षअघि हामी गुर्जा हिमालको आधार शिविर पुगेका थियौँ, त्यसबखत नै हामीले गुर्जामा फिल्म बनाउने निधो गरेका थियौँ, यहाँको भूबनोट र प्राकृतिक सौन्दर्यताले गुर्जालाई फिल्म सिटीका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना छ”, निर्देशक गजुरेलले भन्नुभयो । गुर्जामा संसारलाई चिनाउनुपर्ने धेरै ठाउँ र कला संस्कृति भएकाले राष्ट्रियस्तरबाट यसको पहल हुनुपर्ने उहाँको भनाइ छ ।

जिल्लाकै सबैभन्दा दुर्गम बस्तीको उममा पाएको गुर्जामा हालैमात्र सडक सञ्जालको पहुँच जोडिएको छ । भूगोलले दूरी टाढा भए पनि प्राकृतिक सौन्दर्य र सम्भावनाले भरिपूर्ण गुर्जामा फिल्म छायाङ्कनले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रचारप्रसारमा सघाउने धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

“पहिले केही गीतहरूको भिडियो छायाङ्कन भएका थिए, यसपटक ठूलो पर्दाको चलचित्र नै यहाँ बनिरहेको छ, यसले गुर्जालाई थप परिचित गराउन भूमिका खेल्ने अपेक्षा गरेका छाँै”, उहाँले भन्नुभयो ।

किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्मस्को सहकार्यमा चलचित्र बन्नेछ । तीस वर्ष लामो फिल्म सम्पादनको अनुभव सम्हाल्नुभएका तारा थापाले निर्माण गर्न लाग्नुभएको यस चलचित्रको निर्मातामा सौर्यल थापा, रदिप श्रेष्ठ, धीरज तामाङ र प्रदीप रायमाझी निर्माताका रूपमा रहनुभएको छ भने कुमार गजुरेलको डेव्यु निर्देशन रहेको छ । रासस