३० जेष्ठ २०८३, शनिबार
,
Latest
जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा: मेयर आचार्य



अ+ अ-

कोहलपुर। कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले शिक्षा र खेलकुदलाई उच्च प्राथमिकतामा राखेर आफुले काम गरिरहेको बताएका छन् ।

शनिवार कोहलपुरमा आयोजित ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आचार्यले आगामी वर्षदेखि ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम हरेक स्कुलमा पुग्ने वातावरण बनाउन आफुले सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे।

‘प्रस्तावना दिनुहोस्, हरेक स्कुले विद्यार्थीमाझ ओलम्पियनका अनुभव साटासाट गर्ने वातावरण तयार गर्न आवश्यक बजेटसहित कार्यक्रम बनाउँछौं।’ नेपाल एपीएफ स्कुलको हलमा आयोजित कार्यक्रममा प्रमुख आचार्यले भने–‘विद्यार्थीलाई खेलकुदसँग जोड्ने हरेक खेललाई सम्बोधन गर्न तयार छु, अब एउटा स्कुलमा मात्र हैन, कोहलपुर क्षेत्रका सम्पुर्ण विद्यालय लाभान्वित हुनेगरी स्कुल टु ओलम्पिकलाई साझा कार्यक्रमका रुपमा विकास गर्नुपर्नेछ।’

नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक बिष्टले मेयर आचार्यलाई मायाको चिनो प्रदान गरे । अध्यक्ष बिष्ट दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण पदक जित्ने नेपालका एकमात्र खेलाडी हुन् । उनले एशियाली खेलकुदमा दुई कास्य पदक जितेका छन् भने छनोट चरण पार गरे ओलम्पिकमा भाग लिने दोस्रो नेपाली खेलाडी हुन्।

हालै उनी वल्र्ड ओलम्पियन एसोसियसनको कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । ओलम्पियन बिष्टले स्कुले विद्यार्थीलाई ओलम्पिकसम्म जाने सपना, आशा र विश्वास दिलाउन आफुहरुले देशव्यापी अभियान चलाएको बताए । कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले स्कुल टु ओलम्पिक कार्यक्रम निकै सदुपयोगी भएको बताए।

एपीएफ स्कुलका विद्यार्थीलाई ओलम्पियन जुडोकी देबु थापा र उसुकी साग स्वर्ण विजेता जुनु राईले सेल्फ डिफेन्स सम्बन्धी ज्ञान र कला सिकाएका थिए भने ओलम्पियन सन्तोषी श्रेष्ठले आफ्नो यात्रा, संघर्ष र सफलताका बारे सुनाउँदा विद्यार्थीहरु निकै उत्साहित देखिएका थिए।

ओलम्पियन देबुले पनि विद्यार्थीलाई अभिप्रेरित गरेकी थिइन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एलबी क्षेत्रीले विद्यार्थीलाई प्रेरित गर्ने कार्यक्रम निरन्तर सन्चालन हुनुपर्ने धारणा व्यक्त गरे । यसअघि नेपालगन्जमा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा विभिन्न स्कुलका डेढ सय विद्यार्थीले ओलम्पियनसँग अन्तरक्रिया गरेका थिए।

वर्ल्ड रनिङको साझा निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) बाट मान्यताप्राप्त नेपालगन्ज १० म्युजिक नाइट रनलाई स्कुल टु ओलम्पिकसँग जोडेर नेपालगन्जमा भव्य कार्यक्रम गरिएको थियो ।

नेपालगन्जमा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा ओलम्पियन सुरेन्द्र हमाल र पहिलो नेपाली महिला ओलम्पियन पार्वती थापा समेतले आफ्ना अनुभव साटेका थिए । रेस नेपाल र क्रियटिभ गन्ज मिडियाले यस कार्यक्रमको संयोजन गरेका थिए।